-
कात्तिक २३, सिन्धुली/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछिका सरकारका मन्त्रीका रुपमा सिन्धुलीका ३ उम्मेदवारहरुलाई हेरिएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा लेखा समिति संयोजक श्याम घिमिरे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् । उहाँलाई मतदाताले भावि मन्त्रीका रुपमा हेरिरहेका छन् । यदि घिमिरेले प्रतिनिधि सभा सदस्य जितेमा देउवाले उहाँलाई मन्त्री बनाउने सम्भावना प्रवल रहेको छ । तीन पटक केन्द्रिय सदस्य भई सकेका घिमिरे नेपाली काँग्रेसका प्रभावशाली नेता हुन् ।त्यस्तै वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ दाहाल (राजन) नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य हुनुहुन्छ । उहाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का विश्वास पात्र हुनुहुन्छ । यदि प्रतिनिधि सभा सदस्य निर्वाचित भएमा र पार्टी सरकारमा रहेमा मन्त्री बन्ने सम्भावना प्रवल रहेको छ ।
पार्टीका उपमहासचिव हरिबोल गजुरललाई पछि पार्दै कार्यकर्ता र पार्टी नेतृत्वको मनजितेर उम्मेदवार बन्न सफल राजनलाई मतदाताले भावि मन्त्रीका रुपमा हेरिरहेका छन् । विगत ३ दशक देखि पार्टीको काम र विकास निर्माणको काममा क्रियाशिल राजनलाई सिन्धुलीवासीले भविष्यमा नेपाली राजनीतिमा प्रमुख भुमिका खेल्न सक्ने नेताका रुपमा हेरेका छन् ।वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभा २(२)का साझा उम्मेदवार गंगानारायण श्रेष्ठलाई बागमति प्रदेश सरकारको मन्त्रीका रुपमा हेरिएको छ । डा. बाबुराम भट्टराईको उत्तराधिकारीका रुपमा हेरिएको श्रेष्ठलाई प्रदेश सभा सदस्य निर्वाचित भएमा बागमति प्रदेश सरकारको प्रमुख मन्त्रालयहरु मध्यको एक मन्त्री बन्ने पक्कापक्कि जस्तै छ । डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीको सह–अध्यक्ष समेत रहेका श्रेष्ठ आगामी सरकारको मन्त्री निश्चित भए पछि मात्र प्रदेश सभा सदस्यको उम्मेदवार भएको श्रोतको दावि छ ।
News Desk 0 response बुधबार, कार्तिक २३, २०७९

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२