• घ्याङलेखलाई पर्यटकीय शहरको रुपमा विकास गरिनेछ : राजन दाहाल

    कात्तिक २२, सिन्धुली/नेपालको संविधानको सफल कार्यान्वन गर्न र विकास र समृद्धिको नेतृत्व गर्न वाम–लोकतान्त्रिक गठबन्धन वनको प्रतिनिधि सभा क्षेत्र नं. २ का वाम–लोकतान्त्रिक गठबन्धना साझा उम्मेदवार लेखनाथ दाहाल राजनले वताउनुभयो ।
    घ्याङलेख गाउँपाकिला वडा नं. ४ रामपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार दाहालले भन्नुभयो, ‘जब केपि ओलीले स्वयच्छाचारी ढंगले असंवैधान, अलोकतान्त्रिक ढंगले प्रतिनिधि सभा विघटन गरेपछि केपी ओलीको कदमको शसक्त प्रतिरोध गर्न सडकमा निस्क्यौं । अग्रगमनका पक्षधर, लोकतन्त्रका पक्षधरहरु प्राप्त उपलब्धीको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने र विकास र समृद्धिको नेतृत्व गर्ने राजनीतिक दलहरुमा एजेण्डा मिल्यो र साझा संकल्प गरौं, केपी ओलीको प्रतिगामी कदको विरुद्धमा जाने र विकास र समृद्धिको नेतृत्व गर्ने भनेर गठबन्धन बन्यो ।’
    वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकप्रिय नेता दाहालले घ्याङलेख गाउँपालिकालाई पर्यटकीय शहरको रुपमा विकास निर्वाचन पछि लगत्तै वृहत्तर गुरुयोजना वनाएर कार्य थालनी गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले तत्काल पिपलभन्ज्याङ देखि रामपुरसम्मको सडक कालोपत्रे गर्ने, विद्युत विस्तारलाई पूर्णता दिईने, खानेपानी समस्या समाधान गर्ने र दुम्जा हरिवन सडकलाई कालोपत्र गर्ने योजना तत्काल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा बागमति प्रदेश सभा सदस्यका उम्मेदवार गंगानारायण श्रेष्ठले निर्वाचन पछि प्रदेश र संघीय सरकार गठबन्धनको नै बन्ने र जनताको अवश्यकता अनुसार विकास निर्माणको सम्पूर्ण कार्यहरु प्रथमिकताक्रममा राखेर गरिने वताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार श्रेष्ठले अब गठबन्धनको सरकारले १५ वर्ष भित्र देशलाई विकसी देश बनाउन वृहत्तर योजना सहित काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
    कार्यक्रममा नेता श्रेष्ठले मंसिर ४ को निर्वाचन गणतन्त्र जोगाउने की सिध्याउने भन्ने निर्णय गर्ने निर्वाचन भएकोले एक भोट पनि विचार पु¥याएर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नु भयो ‘ठूलो वलिदानीपूर्ण आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपक्षता, समानुपातिक सहभागिता बचाउने की सिध्याउने निर्णय मंसिर ४ को निर्वाचनले गर्ने भएकोले ठूलो बलिदानबाट प्राप्त उपलब्धीको रक्षाका लागि सबै मतदातले गठबन्धनका उम्मेदवारलाई मतदान गरिदिनुस् ।’
    कार्यक्रममा वाम लोकतान्त्रि गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिका सहसंयोजक पानीराज बम्जन, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का संयोजक बसन्त माझी नेकपा माओवादी केन्द्रका बागमति प्रदेश सभाका समानुपातिक उम्मेद्वार सोनामसिं स्याङतान लगाएतले मन्तव्य राख्नुभएको थियो ।