सिन्धुली अस्पतालले आकस्मिक उपचार सेवा नि:शुल्क गर्ने
कात्तिक ५, सिन्धुली/सिन्धुली अस्पतालले आइतवार(भोली)बाट विपन्न नागरिकको लागि आकस्मिक उपचार सेवा निःशुल्क गर्ने भएको छ ।
सिन्धुली अस्पतालको ४५ औँ बार्षिक उत्सवको अवसर पारेर भोलिबाट विपन्न नागरिकको लागि आकस्मिक उपचार सेवा निशुल्क गर्ने निर्णय गरेको हो । सिन्धुली अस्पतालको ४५ औँ बार्षिक उत्सवको अवसरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि स्तन क्यान्स स्किृनिङ्ग कार्यक्रम, जनआन्दोलनका घाईतेको निःशुल्क उपचार कार्यक्रम लगाएतका ६ ओट नयाँ सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।
अस्पतालबाट हर्निया निदान तथा उपचार कार्यक्रम, परिवार नियोजन किशोर किशोरी स्वास्थ्य सेवा, मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम लगायतका कार्यक्रम सवा विस्तार गरिएको सिन्धुली अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन उमेश प्रधानले वताउनुभयो । अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष पोखरेलले सिन्धुली अस्पतालबाट लगातार डाक्टर सरुवा हुँदा सेवा प्रवाहमा समस्या भइरहेको गुनासो राख्नुभयो ।
डाइलासिसका लागि मेसिन तयारी अबस्थामा रहेपनि बिशेषज्ञ चिकित्सकको सरुवाको कारण जिल्लामा डाइलासिस गर्न असम्भब हुँदा जिल्लाका बिरामिहरुले दुःख खेप्नु परेको बताउनु भयो । त्यस्तै उहाँले सिन्धुली अस्पतालको भवन निर्माण गर्ने स्थलमा रहेका सटर हटाउन पटक पटक तागेता गर्दा समेत सम्बन्धित निकायले नजर अन्दाज गरेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख मेडिकल सुपरिटेण्डेन प्रधानले सिन्धुली अस्पतालमा ५९ जनाको दरबन्दि रहेको अस्पतालमा ३२ जना मात्र पदपुर्ति भएको वताउनुभयो । अस्पतालले करारमा १ सय ४३ जना कर्मचारीले सेवा प्रदान गर्दा अस्पतालको सेवा महगो भएको बताउनु भयो ।