• कात्तिक ३, सिन्धुली/नेकपा (एमाले) का विभिन्न तहका नेताहरुले एमाले परित्याग गरी ४ जना ने.क.पा.(माओवादी केन्द्र) प्रवेश गरेका छन् । तत्कालिन ने.क.पा.का प्रदेश कमिटि सदस्य ने.क.पा. विभाजन पछि नेकपा एमालेमा रहनु भएका नेता माधव कार्की एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नु भयो ।
    एमाले परितयाग गरी एमाले कमलामई नगरकमिटि सदस्य जनिमाया मुडेल, राष्ट्रिय युवा संघ सन्धुली जिल्ला कमिटि पूर्व सदस्य राजेश अधिकारी, प्रेम कार्की माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो । नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज, बाम लोकतन्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वार लेखनाथ दाहाल राजनले पार्टीमा स्वागत गर्नु भएको थियो ।
    पार्टीमा स्वागत गर्दै नेता दाहालले माओवादी केन्द्र समाजवादी यात्रामा प्रष्ट योजना सहित अघि वढी रहेकोले सबैको साझा पार्टी भएको वताउनुभयो । पार्टीमा आउनु भएका नेतालाई उहाँहरुको कृयाशिलता, क्षमता अनुसार जिम्मेवारी दिने प्रतिवद्धता समेत जनाउनुभयो ।