पटक-पटकको आन्दोलनबाट प्राप्त उपलब्धि जनताले अनुभुति गर्ने गरी काम गर्नेछौंः मात्रिका भट्टराई

असोज ३१, सिन्धुली/बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा १ का साझा उम्मेद्वार मात्रिका भट्टराईले पटक पटकको जनआन्दोलनबाट प्राप्त उपलब्धि जनताले अनुभुति गर्ने गरी काम गर्ने बताउनुभयो ।
बाम लोकतान्त्रिक गठबन्धनको दुधौली नगरपालिका वडा नं. ३ निपानेमा आयोजित चुनावि सभालाई सम्बोधन गर्दै पटक पटकको आन्दोलबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर संविधानले दिएको अधिकार निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारको ज्ञारेन्टि राज्यले नै प्रदान गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा बोल्दै उम्मेद्वार भट्टराईले “२००७ सालमा राणा फाल्न क्रान्ति गर्ने काँग्रेस र राजा फाल्न क्रान्ति गर्ने माओवादी गठबन्धन गरेर जनताको समस्या समाधानका निम्ति आएका छौं, विभिन्न आन्दोलनको जगमा बनेको संविधान सभाबाट बनेको संविधानको सफल कार्यान्वयन गरेर जनताको हरेक समस्यालाई हल गर्ने छौं” भन्नुभयो ।
कार्यक्रममा बोल्दै उम्मेद्वार भट्टराईले आफू निरन्तर कमलाखोच क्षेत्रका हरेक दुःख, समस्याहरु जुध्दै अघि बढेकोले हरेक टोल टोल र घर घरको समस्या थाहा भएको वताउनुहुदै उहाँले ती समस्याहरु समाधानको लागि निरन्तर क्रियाशिल रहने वताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *