-
असोज २९, सिन्धुली/बाम लोकतान्त्रिक गठबन्धनका निर्वाचन क्षेत्र नं. २ (२) प्रदेश सभा सदस्यका साझा उम्मेद्वार गंगानारायण श्रेष्ठले आगामी मंसिर ४ मा हुने निर्वाचन अग्रगमन र प्रतिगमन वीचको प्रतिस्पर्धा भएको वताउनुभयो । नेता श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा र सबल कार्यन्वयनका लागि अग्रगामी शक्तिहरु एक ठाउँमा उभिएर प्रतिगमनलाई परास्त गर्नुपर्ने बताउनुभयो ।
News Desk 0 response शनिबार, अशोज २९, २०७९
शनिवार मरिणमा सम्पन्न गठबन्धन दलको संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता श्रेष्ठले भन्नुभयो, “नेपाली काँग्रेस, नकपा (माओवादी केन्द्र) लगाएतका पाँच दलीय गठबन्धन कोही व्यक्तिले चाहेर भएको होईन, यो इतिहाँसको आवश्यकताले भएको हो, केपि ओलीले दुई/दुई पटक जनताको सर्बोच्च संस्था प्रतिनिधि सभालाई विघटन गरेर संविधान च्यात्ने प्रयत्न गरेपछि प्राप्त उपलब्धी रक्षाका लागि यो पाँच दलिय गठबन्धन बनेको हो ।”
नेता श्रेष्ठले हिजो माओवादीबाट अलग भएर फरक अभ्यास गरे पनि अहिले समयको अवश्यकतालाई बोध गर्दै माओवादी आन्दोलनमा नै रहेको र गठबन्धनबाट जितेपछि जनताको चाहाना र आवश्यकता अनुसार नै क्रियाशिल रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै श्रेष्ठले भन्नुभयो “विशेष गरी संविधान सभाबाट संविधान निर्माण भए पछि अब निर्माणको युग, समृद्धिको युगमा प्रवेश गर्नुपर्छ भनेर बाबुराम भट्टराईको नेतृत्वमा फरक अभ्यास गर्ने प्रयत्न गरौं तर प्राप्त उपलब्धहरुको रक्षाका लागि फेरी माओवादी आन्दोलनमा नै समाहित भएर तपाईहरुको घरदैलोमा आएको छु, आशा छ पात्र को आयो भन्दा पनि यो माओवादी आन्दोलनको उर्भर भुमि सिन्धुलीको मरिण क्षेत्रले अग्रगामी शक्तिलाई विजयी गराउनु हुनेछ ।”
नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका कमिटिको अध्यक्ष काजीमान थिङको अध्यक्षता तथा प्रतिनिधि सभा क्षेत्र नं. २ का बाम लोकतान्त्रि गठबन्धनका साझा उम्मेद्वार लेखनाथ दाहाल (राजन)को प्रमुख आथित्यतामा भएको बैठकमा प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश १ का उम्मेदवार छेत्र बहादुर बम्जन, नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति निर्वाचन क्षेत्र नं. २ का संयोजक बसन्त माझी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति निर्वाचन क्षेत्र नं. २ का सह–संयोजक कुमार ढकाल लगाएतले मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
