• असोज २६, सिन्धुली/नेकपा (एकिकृत समाजवादी) र अन्य स्वतन्त्र बागी उमेद्वारहरुले उमेद्वारी फिर्ता लिदै बाम–लोकतान्त्रिक गठबन्धनलाई समर्थन गरेका छन् । विभिन्न पार्टी बाट असन्तुष्ट भएर स्वतन्त्र उमेद्वारी दिएका र नेकपा (एकिकृत समाजवादी) का ७ जनाले उमेद्वारहरुले उमेद्वारी फिर्ता लिएका हुन् ।
    नेकपा (एकिकृत समाजवादी)का तर्फबाट निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’बाट उमेद्वारी दिएका डेकेन्द्र प्रसाद सुवेदि र ‘ख’बाट उमेद्वारी दिएका चित्र बहादुर लुँगेलीले अहिलेको प्रतिगमनको विरुद्ध एकतावद्ध भएर लाग्नु पर्ने आवश्यकता भएकोले उमेद्वारी फिर्ता लिको वताए । त्यस्तै संघीय निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र उमेद्वारी दिएका गोपाल बहादुर थापा जनता समाजवादी पार्टीबाट उमेद्वारी दिएका मानध्वज भ्लोनले पनि उमेद्वारी फिर्ता लिएर जनताको लोकप्रिय नेता लेखनाथ दाहाल (राजन) लाई समर्थन गरेका छन् ।
    निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ मा स्वतन्त्र उमेद्वारी दिएका दिपक कुमार पोख्रेल र प्रदेश सभा ‘ख’ मा सरोज मैनालीले पनि उमेद्वारी फिर्ता लिएर बाम–लोकतान्त्रिक गठबन्धनलाई समर्थन गरेका छन् । पोख्रेल र मैनालीले उमेद्वारी छनौटमा असन्तुष्टि जनाउदै उमेद्वारी दिएका थिए ।