• असोज १२, सिन्धुली/एकीकृत अखिल नेपाल शिक्षक संगठन, सिन्धुलीद्वारा आयोजित नेपालीहरुको महान चार्ड वडा दशै, शुभ दिपावली, नेपाल सम्बत, छैठ्, ल्होछारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
    संगठनको अध्यक्ष सन्तोष कुमार श्रेष्ठको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका पोल्युटब्युरो सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज राजन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिवालय सदस्य सविता कोईराला, प्रदेश उपाध्यक्ष मोहन प्रसाद गौतम, निर्वतमान अध्यक्ष विजय थिङ, जिल्ला इन्चार्ज अमृत घिसिङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रममा पार्टी जिल्ला संयोजक पानीराज बम्जन, गोलञ्जोर गाउँपालिका उपाध्यक्ष तथा पार्टीका संगठन विभाग प्रमुख ज्वालाप्रसाद न्यौपाने (पुकार), कमलामाई नगरपालिका कमिटि अध्यक्ष शेरबहादुर कार्की, शिक्षक महासंघका सचिव विष्णु फुयाँल, प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति दाहालले पाठ्यपुस्तक भन्दा व्यावहारीक शिक्षामा जोड दिन शिक्षकहरुलाई आग्रह गर्नुभयो । अहिलेको पाठ्यक्रले दाशत्व उत्पादन गर्ने भएकोले व्यवहारीक ज्ञानलाई जोड दिनुपर्ने जिल्ला इन्चार्ज दाहालले आग्रह गर्नुभयो । उहाँले मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रलाई जिताएमा मात्र शिक्षाका दिर्घकालीन समस्याहरु समाधान हुने वताउँदै सबैलाई आगामी निर्वाचनमा आ–आफ्नो स्थानबाट खटिन् सबै जनबर्गिय संगठनलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा माओवादी केन्द्रका जिल्ला तहका नेताहरु, सबै जनबर्षिय संगठनका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक संगठनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।