• असोज ११, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समानुपातिक सुचिमा सिन्धुलीबाट संघीय संसदमा ४ जना र प्रदेश सभा सदस्यमा ३ जना परेको छ ।
    माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको बन्द सुचिमा संघीय संसद तर्फ पार्टीका अनुसासन आयोगका सदस्य तथा निर्वतमान प्रदेश सभा सदस्य बुद्धिमान माझी, पार्टीका बागमति प्रदेश सचिवालय सदस्य विनोद वि.क. र प्रदेश कमिटि सदस्य ज्ञानबहादुर राई रहेका छन् । त्यसै गरी संघीय संसदमा बाबुराम भट्टराईका तर्फबाट नेपाल समाजवादी पार्टीका सहध्यक्ष गंगानारायण श्रेष्ठ पनि माओवादी केन्द्रको समानुपातिको बन्द सुचिमा रहेका छन् ।
    त्यस्तै प्रदेश सभा सदस्यको समानुपातिको बन्द सूचिमा पार्टीकाे प्रदेश कमिटि सदस्य त्रय सुस्पा भुजेल, जानुका तिमल्सीना र अनिता राई रहेका छन् । राई हरिहरपुरगढी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । माओवादी कन्द्र सिन्धुलीमा पहिलो पार्टी भएर स्थापित भई रहँदा सिन्धुलीबाट समानुपातिक बन्द सुचीमा पनि बढी नै संख्यामा पर्न सफल भएको माओवादी केन्द्र सिन्धुलीले जनाएको छ । गठबन्दन गरेर निर्वाचनमा जाँदा प्रत्यक्ष तर्फ संघीय संसदमा एक र प्रदेश सभा सदस्यमा दुई सिट पाउने निश्चित नै छ त्यसमा पनि यस पटक संसदमा समानुपातिकबाट माअाेवादी केन्द्र सिन्धुलीकाे संसद सिट संख्या बढ्ने देखिन्छ । समानुपातिक सुचि असाेज १६ गते सम्म सच्याउन निर्वाचन आयाेगले पार्टीहरुलाइ समय दिएकाे छ ।