कविता-अल्झिएका यादहरु
ठाउँ त्यहि छ अनि गाउँ पनि
मान्छे त्यहि अनि म पनि
दशैंको रौनक उस्तैछ अझै पनि
हर्ष, उमङ्ग, अनि उल्लास भरिएको
सम्पूर्ण छ तर छैन एक ढिका
देख्दा रंगिन छन् तर सबै फिका–फिका ।
त्यो खन्युको रुख अनि नाइलनको डोरी
बुवा, हजुर गएपछि त
त्यहाँ एकलौटी पिङ् मेरा लागि कहिल्यै झुन्डिएन
विना स्वार्थको न्यानो स्पर्श अनि माया
कहिल्यै पनि झुल्किएन
न घुमे लट्टाइ धागो, न उडे चंगा ।
घडि पनि छ, सँगै अनगिन्ति चिजबिजहरु
तर पनि सन्तुष्टि कहाँ कहाँ
त्यो घडि अनि नयाँ नानाको स्वाद
अव देख्दिन उस्तै जहाँ त्यहाँ
स्वार्थका च्यादरहरु तानातान भैरहेकावेला
तिम्रो निःस्वार्थ ममता
म भुलूँला कहाँ ।
सायद, त्यसैले त होला
रमाइला छन् यी दशैंहरु
तर,
तिमी हुँदा जस्तो दशैं
म भेटुँला र कहाँ ।
- किरण खड्का
कनपा.५, सिन्धुली ।
प्रतिक्रिया