
-
०७ असार, सिन्धुली/मरिण गाउँपालिकाले आज सर्वजनिक गरेको ०७९ /०८० काे नीति कार्यक्रममा लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गरिएको छ । कार्यक्रममा एसइइ उत्तीर्ण गरी सोही शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने छात्राहरुलाई उच्च शिक्षा अध्ययनको लागि प्रोत्साहित गर्ने उद्देश्यले एक–एक थान साइकल प्रदान गरिने, कार्यसम्पादन सूचकमा आधारित गाउँपालिका अध्यक्ष शैक्षिक सुधार एवं प्रोत्साहन तथा नियमन कार्यक्रमलाई तत्काल कार्यान्वयनमा ल्याइने नितिलाई प्राथमिकतामा राखिने अध्यक्ष मोक्तानले बताउनु भयो ।
News Desk 0 response मङ्लबार, असार ७, २०७९
त्यस्तै स्वास्थ्य तर्फ ६० देखि ७० बर्षका जेष्ठनागरिक, अपाङ्ग, असाहय, द्धन्द्वपिडित व्यक्तिहरु एवं गर्भवती महिलालाई निशुल्क वीमा सुविधाको व्यवस्था मिलाईने नितिलाई प्राथकितामा राखिने छ ।
लैङ्गिक समानता र सामाजिक समावेशिकरण तर्फ संघीय सरकारको समन्वय एवं सहकार्यमा सहिद तथा वेपत्ता परिवारजनलाई निर्वाह भत्ता उपलब्ध गराउने,मरिणका नागरिकलाई सामाजिक न्याय, सामाजिक सुरक्षा, तथा सामाजिक संरक्षणको आभास दिलाउन गाउँपालिका अन्तर्गतका एकल पूरुषलाई निर्बाह भत्ता उपलब्ध गराईने नितिलाई प्राथमिकतामा राखिने उल्ल्ेख गरिएको छ ।
महिला तर्फ स्नातक तह उत्तीर्ण गरी बिवाह गर्ने किशोरीहरुलाई प्रोत्साहन रकम उपलब्ध गरी बालविवाह न्यूनीकरणमा विषेश जोड दिइने नीतिलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै जलवायु परिवर्तन तर्फ नेपाल सरकारले लिएको नीति अनुरुप यस गाउँपालिका भित्र प्रयोग हुने परम्परागत चुलोको स्थानमा विद्युत पुगेका स्थानहरुमा इन्डक्सन चुलो प्रयोगको लागि उत्प्रेरित गरिनेछ साथै विद्युत नपुगेका स्थानहरुमा सुधारिएको चुलो प्रयोग कार्यलाई प्रोत्साहित गरिने छ ।
कृषि तथा पशुपंक्षि बिकास तर्फ आधुनिक कृषि प्रणालीको विकास गरी व्यवसायिक उत्पादनमुखी कृषि तथा पशुपालनलाई प्रवर्द्धन गर्दै गाउँपालिकालाई खाद्यान्न, दूध र मासुमा आत्मनिर्भर बनाउन वृहत्साझेदारी कृषि कार्यक्रम संचालन गरिने , बागमती प्रदेश सरकार र मरिण सरकारको बीचमा भएको नवप्रवर्तन साझेदारी कोष अन्तर्गत उन्नत जातको भैंसी तथा बंगुर पालन कार्यक्रमलाई गाउँपालिकाको नमूना कार्यक्रमको रुपमा कार्यान्वयन गरिने, गाउँपालिकाबाट प्रदान गरिने अनुदानको उपयोग, प्रभाव र परिणामलाई उत्पादन एवं उत्पादकत्व सँग जोडि गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यका साथ बास्तविक व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्न उत्पादन एवं विक्रीमा आधारित कृषि अनुदान कार्यक्रम कार्यान्वयमा ल्याईने, मरिण गाउँपालिकाका किसानहरुमा कृषि सिँचाईको पहुँच वृद्धि गर्न एवं स्वच्छ खानेपानीको प्रत्याभूतिका लागि लिफ्ट सिँचाई तथा खानेपानीमा लाग्ने विद्युत महसुल निशुल्क गरिने नितिलाई प्राथकितामा राखिएको अध्यक्ष मोक्तानले बताउनु भयो ।
पर्यटन प्रबद्र्धन तथा संस्कृति तर्फ मरिण गाउँपालिकाकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ऐतिहासिक पञ्चकन्या पोखरीको पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिईनेछ । पञ्चकन्या पोखरीमा साँस्कृतिक पर्यटकीय गुरुयोजना तयार गरि पञ्चकन्याको प्रतिमा स्थापना, चिडियाखाना निर्माण, पिकनिक स्पोर्ट निर्माण, बाल उद्यान निर्माण लगायत साँस्कृतिक संग्राहलयको स्थापना गरिने नितिलाई प्राथमिकता राखिने जनाइएको छ ।
उद्योग बाणिज्य तथा बजार ब्यबस्थापन तर्फ प्रचलित कानून बमोजिम दर्ता नभएका पसलहरुलाई अनिवार्य रुपमा गाउँपालिकामा दर्ता गरि करको दायरामा ल्याईने त्यस्तै भुमि,शहकारी,गरिबी न्युनिकरण तथा उद्यमशिलता तर्फ गाउँपालिका भित्र बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्य सम्पन्नभ भइसकेको हुँदा उक्त लगतलाई कम्प्युटर प्रविष्टि, जग्गा नापजाँच कार्य गरी तोकिए बमोजिमको क्षेत्रफलमा जग्गा उपलब्ध गराउन लालपूर्जा वितरणको कार्य अगाडि बढाईने नितिलाई प्राथकिता राखिएको अध्यक्ष मोक्तानले बताउनु भयो ।
सम्बन्धित शीर्षकहरु
-
सेन्चुरी बैंकले गर्यो स्वास्थ्य बीमा बापतको दावी..
सोमवार, साउन ३०, २०७९ -
गीता न्यौपानेका दुई मुक्तक
शुक्रबार, साउन २०, २०७९ -
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९
-
सेन्चुरी बैंकले गर्यो स्वास्थ्य बीमा बापतको दावी..
सोमवार, साउन ३०, २०७९ -
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९ -
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९
-
सेन्चुरी बैंकले गर्यो स्वास्थ्य बीमा बापतको दावी..
सोमवार, साउन ३०, २०७९