• नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा गणतन्त्र आउनु भनेको बलयलगाढा चढेर अमेरीका जानु जस्तै भन्नेहरुबाट फेरी पनि गणतन्त्र माथि खतरा रहेको वताउनुभयो । ‘उनीहरु जतिबेला पनि गणतन्त्र उल्टाएर धार्मिक अतिवादमा रहेका विदेशी सामु देश सुम्पन चाहान्छन् ।’ अध्यक्ष प्रचण्डले वताउनु भयो ।
    आज सिन्धुलीमाढीमा पार्टी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले गणतन्त्र विरोधीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने खतरा भएको भन्दै अध्यक्ष प्रचण्डले त्यसको रक्षाका लागि सबै एक जुट भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गर्नुभयो ।
    प्रचण्डले शान्ति संझौतामा हस्ताक्षर गर्ने नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालालाई राष्टपति नबनाउदा आफुले ठुलो क्षेती व्यहोुर्न परेको समेत स्मरण गर्नुभयो । ‘मैले एकपछी अर्को गल्तीगर्दै गए । गिरिजा बाबुलाई राष्ट्रपति नबाउनु ठुलो भुलभयो । सबै लिने दाउमा प्रधानसेनापती कटुवाललाई चलाउदा भएको पनि सबै गुमाउनु प¥यो । अव त्यस्तो भुल म बाट हुँदैन,’ उहाँले विगत संझदै भन्नुभयो ।
    कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले माओवादी पार्टी अव देशकै ठुलो पार्टी बन्ने दावी गरे । ‘पार्टीमा एकता, छलफल र समहतीका आधारमा काम गर्ने र नेतृत्व गर्ने चलनको विकास भएको छ । अव जनयुद्ध र जनयुद्धपछि लोकतन्त्रको जस्तो हुँदैन । अव पार्टीमा एकठिक्का भएर आठौं महाधिवेशनले दिएका म्यान्डेटका आधारमा अघि बढ्छ । यसले पार्टीलाई नयाँ उचाईमा पु¥याउन मद्धत गर्छ,’ उहाँले भन्नुभयो