• सिन्धुली, ४ जेष्ठ

    सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन उद्योग बाणिज्य संघ मरिण शाखाका अध्यक्ष र हास्यकलाकार दिनेश काफ्ले सहित राहत लिएर मेलम्चि पुगेका छन् । आज सिन्धुपाल्चोकको मेलम्चि नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढि पहिरो पडितलाई राहत लिएर मेलम्चि पुगेका हुन् ।
    मरिण गाउँपालिकाका अध्यक्ष बम्जनले सिन्धुपाल्चोकका बाढि, पहिरो पिडित लाई आफ्नो गाउँपालिकाको तर्फबाट ३ लाख आर्र्थिक सहयोग प्रदान गरेका छन् । आज मेलम्चि नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर अर्याल लाई १ लाख ५० हजारको चेक हस्तानतण गरेका हुन् । त्यस्तै हेलम्बु गाउँपालिकालाई १ लाख ५० हजारको चेक हस्तानतरण गरेका हुन् । हेलम्बु गाउँपालिकालाई भने पुर्ब मन्त्रि युबराज दुलाल मार्फत चेक पठाइएको छ ।
    हरेक प्राकृतिक बिपत्ति बाट सिन्धुपाल्चोकलाई क्षति पुगिरहेकाले गाउँपालिकाले पिडितहरुलाई यस अघि पनि सहयोग गदैँ आएको र यसपटक पनि सकेको सहयोग गरेको गाउँपालिकाका अध्यक्ष बम्जनले बताए ।
    बम्जनले पिडितहरुको रक्षाका लागि प्रदेश सरकार र संघिय सरकारले यथाशिघ्र कदम चाल्नुपर्न बताए ।
    त्यस्तै उद्योग बाणिज्य संघ मरिण शाखाले पनि सिन्धुपाल्चोकका बाढि पहिरो पिडितलाई १ लाख २ हजार रुपैया आर्थिक सहयोग गरेको छ । उद्योग बाणिज्य संघ मरिण शाखाका अधयक्ष चिनध्वज बम्जनले मेलम्चि नगरपालिकाका अध्यक्ष डम्बर बहादुर अर्याललाई ५१ हजार र हेलम्बु गाउँपालिकालाई ५१ हजारको चेक हस्तानतरण गरेका हुन् ।
    सिन्धुपाल्चोकको अस्तब्यस्त परिस्थितीमा त्यहाँका पिडितहरुलाई सहयोग गर्न सम्पुर्ण ब्यबसायिहरलाई शाखाका अध्यक्ष बम्जनले अनुरोध गरेका छन् ।
    आजनै हास्यकलाकार तथा मधुबन रेष्टुरेण्ट प्रालिका अध्यक्ष सिन्धुलीका स्थानिय दिनेश काफ्ले मेलम्चि गाउँपालिकालाई २४ हजार आर्थिक सहयोग गरेका छन् । आज मेलम्चि पुगेर नगर प्रमुख अर्याललाई चेक हस्तानतरण गरेका हुन् ।
    यहि असार १ गते मेलम्चि र इन्द्रावति खोलामा बाढि आउँदा मेलम्चि नगरपालिकाका र हेलम्बु गाउँपालिका डुबानमा परेको छ । मेलम्चि नगरपालिकाका नगर प्रमुख अर्यालले नगरपालिकाले स्थापना गरेको ४० करोडको भौतिक संरचना सहित बस्ति डुबानमा पर्दा १ खर्ब बराबरको क्षति पुगेको बताए ।