-
जेठ १३, सिन्धुली/कमलामाई नगरपालिका वडा नं.५ को ढाक्रेबास देखि संगमचोक सम्मको सडक कालोपत्रे गर्ने काम सम्झौता अगावै सम्पन्न भएको छ । पहिलो ठेक्काको काम जेठ १५ गते र दोश्रो ठेक्काको काम असार १५ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएपनि दुवै ठेक्का समय अगावै सम्पन्न भएका हुन् ।
कमलामाई नगरपालिकाको १ करोड ५२ लाख रुपैयाँ बजेटमा ढाक्रेबासदेखि संगमचोक जोड्ने ३७५ मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो । जसमा २०० मिटरको नाला सहित ६० मिटर सडक ढलान समेत गरिएको छ । उक्त सडक कालोपत्रे गर्नका लागि पहिलो चरणको ठेक्का जीवन निर्माण सेवा र दोश्रो चरणको ठेक्का दाहाल निर्माण सेवाले पाएका थिए । सडक कालोपत्रे भएपछि सदरमुकामबाट मधुटार, रानीखोला, ढाक्रेबास, संगमचोक, सिलामे, शाखाजोर लगायतका स्थानियहरु लाभन्वित भएका छन् ।अधिकांस ठेकेदारहरुले सम्झौता अनुसार समयमै काम गर्दैनन् भन्ने आरोप निरन्तर आइरहने हुनाले आफ्नो वडामा भएका विकास निर्माणका कुनै पनि काममा ढिलासुस्ती हुन नदिन आफलेू अहोरात्र खटेर निगरानी गरिरहेको ५ नं वडाका वडा अध्यक्ष पूर्ण बहादुर खड्काले बताउनुभयो । ‘सम्झौता बमोजिम समयमै गुणस्तरिय काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरु पनि खटिरहेका थिए, त्यसमा जनप्रतिनीधिको तर्फबाट आफूले पनि विशेष पहल गरेर समय अगावै काम सम्पन्न गर्न सफल भएका हौँ’ अध्यक्ष खड्काले भन्नुभयो । त्यसो त वडा अध्यक्षकै विशेष पहलमा नगरपालिका कार्यालयले उक्त बजेट उपलव्ध गराएको हो । समयमै काम सम्पन्न गरेर स्थानियको मन जित्न सफल भएकोमा ठेकेदार कम्पनिलाई अध्यक्ष खड्काले धन्यवाद दिनुभएको छ । साथै वहाँले कोभिड–१९ को महामारीमा संक्रमणको पर्वाह नगरी वडाले भनेको स्थान र समयमा अनुगमन गर्न सरिक भएकोमा वडा सचिव लगायत सम्पूर्ण कर्मचारीहरुलाई समेत धन्यवाद ज्ञापन गर्नुभएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ १३, २०७८

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२