• सिन्धुली/सुनकोशी गाउँपालिकाले अ.व. ०७७/०७८ को ढुङ्गा गिट्टी, बालुबाको ठेक्का प्रक्रिया प्रचलित नियम तथा कानून बमोजिम रहेको जनाएको छ ।
    शुक्रवार एक प्रेश विज्ञप्ती जारी गर्दै अ.व. ०७७/०७८ को ढुङ्गा गिट्टी, बालुबाको ठेक्का प्रक्रिया प्रचलित नियम तथा कानून बमोजिम रहेको र गाउँपालिकाबाट सम्पादन हुने सम्पूर्ण सेवा प्रचलित कानुन बमोजिम रहेको जनाएको हो ।
    सुनकोशी गाउँपालिकाबाट आ.ब. २०७७/०७८ को लागी सुनकोशी गाउँपालिका अन्तर्गत पर्ने सुनकोशी नदी आसपासको क्षेत्रबाट ढुंगा, गिट्टी तथा वालुवा उत्खनन् , संकलन तथा निकासी कर सम्बन्धि आन्तरिक आय संकलन गर्ने कार्य सम्बन्धमा सामाजिक संजालका साथै बिभिन्न राजनीतिक दलका बिज्ञप्ति मार्फत भएका टिका टिप्पणीको सन्दर्भमा गाउँपालिकाको ध्यानाकर्षण भएको गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । अन्य बाहिरी गतिबिधि सँग गाउँपालिकाको कुनै पनि सम्बन्ध नरहेको र निहित राजनितीक उद्देश्यबाट प्रेरित कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेको छ ।
    विश्वब्यापी कोरोना महामारीको प्रभाबका साथै गत आ.ब. हरुका परिस्थितिहरुलाई मध्यनजर गरि गाउँपालिकाबाट ठेक्काको बन्दोबस्त गर्नुपर्ने प्राबधान बमोजिम आ. ब. २०७७/७८ का लागी सुनकोशी गाउँपालिका राजस्व परामर्श समितिले गाउँपालिकामा सिफारिस गरेको र गाउँसभाले एक करोड राजस्व प्रक्षेपण गरेको र यस गाउँपालिकाको कार्यालयले २०७७ भाद्र देखि २०७८ असार मसान्त सम्मको लागि एक करोड वीस लाख (मु.अ.कर, सहित) न्युनतम कबोल अंक हुने गरि मिति २०७७/०३/३१ मा सुनकोशी नदी आसपासको ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्, संकलन तथा निकासी कर सम्बन्धि अन्तरिक आय संकलन गर्न सूचना प्रकाशित गरि दर्ता भएका बोलपत्र मध्यबाट सुनकोशी गाउँपालिकाको मुल्यांकन समितिको मिति २०७७/०४/३२ को बैठक अनुसार श्री गतिशील निर्माण सेवा प्रा. लि., हेटौंडा– ०६, मकवानपुर (प्रो. सुसान चौलागाई) ले पेस गरेको कबोल अंक एक करोड वीस लाख पचास हजार तीन सय वीस रुपैयाँ (मु.अ.कर, सहित) पेस हुन अएको अन्य फर्महरु भन्दा सबैभन्दा अधिकतम रहेकोले उक्त प्रस्ताब सारभूत रुपमा प्रभावग्राही रहेको हुँदा मिति २०७७/०५/०१ मा आशयको सूचना प्रकाशन भए अनुसार बोलपत्रको आशयको म्याद भित्र कुनै पनि पक्षबाट यस कार्यालयमा उजुरी÷निवेदन प्राप्त नभएको हुनाले मिति २०७७/०५/१० गते ठेक्का सम्झौता भएको विज्ञप्तीमा उल्लेख छ ।
    आ.ब. ०७६÷७७ मा निकासी कर ठेक्का लगाउने सन्दर्भमा २०७७ असार अगाबै प्रारम्भिक वाताबरणिय परिक्षणको म्याद सकिने भएकोले पहिले प्रारम्भिक वातावरणीय परीक्षण प्रक्रिया अगाडी बढाइएकोमा घ्याम्पे खोलाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिबेदन आउन बाकी रहेको र मिति २०७६/०९/२९ मा जिल्ला समन्वय समितिबाट सुनकोशी नदीको मात्र गएस स्वीकृत भएको थियो । २०७६/११/१४ गते सुनकोशी नदीको निकासी ठेक्का न्यूनतम रु. वहत्तर लाख ५० हजार (मु.अ.कर, सहित) लगाउँदा कुनै पनि फर्मले ठेक्का फारम खरिद समेत नगरेकोले स्वत ठेक्का रद्ध भएको थियो ।
    आ.व. २०७५/७६ मा सुनकोशी नदीको नदिजन्य पदार्थको निकासी कर संकलनका लागी गाउँपालिकाको कार्यालयबाट सुनकोशी नदी अन्तर्गत पर्ने निकासी करको लागी न्यूनतम दुई करोड पचहत्तर लाख (मु.अ.कर. सहित) र घ्याम्पे खोला अन्तर्गत पर्ने निकासी करको लागी न्यूनतम एक करोड पच्चिस लाख (मु.अ.कर. सहित) ठेक्का बन्दोबस्त भए आनुसार क्रमस श्री तिनपिप्ले निर्माण सेवासँग ६ करोड १६ लाख ६८ हजार (मु.अ.कर. बाहेक) र श्री राजेन्द्र जोशी सप्लायर्ससँग एक करोड ६१ लाख (मु.अ.कर, बाहेक) मा सम्झौता भएकोमा बिभिन्न कारणले देखाई ठेकेदार श्री तिनपिप्ले निर्माण सेवाले उच्च अदालत, पाटनमा उजुरी दिएकोमा सो अदालतले सुनकोशी गाउँपालिकाको पक्षमा फैसला गरेको तर पुन श्री तिनपिप्ले निर्माण सेवा र राजेन्द्र जोशी सप्लायार्सले जिल्ला अदालत, सिन्धुलीमा सुनकोशी गाउँपालिका बिरुद्ध उजुरी दिएर सम्झौता अनुसारको बैंक जमानत बापतको रकम मुद्धा विचाराधीन रहेको हुँदा बुझाउन ढिलाई गरेको विज्ञप्तीमा उल्लेख छ ।