-
सिन्धुपाल्चोक/सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
News Desk 0 response बुधबार, भदौ १०, २०७७
आज लिदी पहिरोबाट विस्थापितभई जुगल गाउँपालिकाको बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका पहिरो पीडितहरुसँगको छलफलमा सभामुख सापकोटाले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले काठमाण्डौमा सोमबार भएको उच्चस्तरीय छलफलमा महाविपत्तिमा परेको सिन्धुपाल्चोकमा नमुना बस्ती बनाउने विषयमा संकल्प गरिएको जानकारी गराउँदै चाँडो जग्गाप्राप्तिको सुरुआत गर्ने र व्यबस्थित एकिकृत संरचना बनाउने काम अभियानकै रुपमा अघि बढाइने बताउनुभयो ।
देशमा ७७ वटा जिल्ला भएपनि सिन्धुपाल्चोकमा महाविपत्तिमा परेकोले यस जिल्लालाई मोडेल बनाउने विषयमा सहमती भएको उहाँको भनाई @सापकोटाले जिल्लाबासीको पीडा, दुःख र कठिनाइका विषय प्रधानन्त्री केपी शर्मा ओलीलाई भेटेर सबिस्तार जानकारी गराउने बताउनुभयो ।
सभामुख सापकोटाले सबैभन्दा पहिले लिदी पहिरोमा परिवार गुमाएका बालबालिकाको व्यबस्थापन गरिने बताउँदै उनीहरुको शिक्षादिक्षाको उचित व्यबस्था गरिने बताउनुभयो ।
उहाँले जुगल गाउँपालिकाका विस्थापितहरुका लागि जुगलको बाँसखर्कमा तथा बाह्रविसे र भोटेकोशीका विस्थापितका लागि बन्देउमा स्थानिय तहका जनप्रतिनिधि र जिल्ला विपद व्यबस्थापन समितिमार्फत राहत सामग्री हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीहरुमा टेन्ट, सोलार बत्ती, न्यानो कपडा भान्सा र सरसफाइका सामान लगायत रहेका छन् ।
सभामुख सापकोटासँगै राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनील पोखरेल, बैकल्पिक उर्जा प्रवद्धन केन्दका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्ट लगायत बाँसखर्क जानुभएको थियो ।
सम्बन्धित शीर्षकहरु
मरिण खोलामा डुबेर एकजनाको मृत्यु
बुधबार, अशोज २, २०८१कमलामाई नगरपालिकाले वैदेशिक रोजगार बोर्डबाट प्रदान गर्ने सेवाहरुमा सहजीकरण गर्ने
मङ्लबार, अशोज १, २०८१युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१-
मरिण खोलामा डुबेर एकजनाको मृत्यु
बुधबार, अशोज २, २०८१ -
कमलामाई नगरपालिकाले वैदेशिक रोजगार बोर्डबाट प्रदान गर्ने..
मङ्लबार, अशोज १, २०८१ -
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१
-
मरिण खोलामा डुबेर एकजनाको मृत्यु
बुधबार, अशोज २, २०८१ -
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१