• सिन्धुली/ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुलीमा कार्यरत कर्मचारीहरुको तर्फबाट स्वेच्छिक रुपमा सामुहिक तवरले निर्माणाधिन ५० वेडको आईसोलेस भवन निर्माणमा सहयोग स्ववरूप नगद २७ हजार १ सय ११ रूपैयाँ सहयोग गरेकाा छन्।

    क.न.पा.-०६,शिवनगर, सिन्धुलीमा बन्न लागेको ५० वेडकाे आईसोलेसन भवन निर्माणमा जिल्ला आयुर्वेद स्वास्थय केन्द्र सिन्धुलि हाल काेभिड १९ बाट पिडित भए पनि सवै कर्मचारीहरूकाे तर्फ वाट सहयाेगि हात फैलाएर सहयाेग गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका सुचना अधिकारी दिपकराज तिमल्सिनाले जानकारि दिनु भयो।

    “दानवीर मन, वचन र कर्मले सेवा भावमा राष्ट्रप्रतिको दुखमा हाम्रो सहभागिता” भन्ने नाराका साथ वा अभिप्रायले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुलीमा कार्यरत कर्मचारीहरुको तर्फबाट स्वेच्छिक रुपमा सामुहिक तवरले सहयोग गरेेेेको सुचना अधिकारी तिमल्सिनाले जानकारि दिनु भयो। जिल्ला आयुर्वेद केन्द्रको कर्मचारिहरू कोरोना संक्रमित भएर हाल उपचारत छन्।

    आईसोलेसन भबन निर्माणमा सहयोग जुट्ने क्रम तिब्र भएको छ। कमलामाई नगरपालिकाले हिजो तीन लाखको चेक हस्तान्तरण गरेको थयो। आज बैंकासुरेन्स कल्ब सिन्धुलीले पनि सहयोग हस्तन्तरण गरेको छ।