सदस्यहरुको एक वर्षको नविकरण शुल्क पत्रकार महासंघले व्यहोर्ने

सिन्धुली/नेपाल पत्रकार महासंघ शाखा सिन्धुलीले आफ्ना सदस्यहरुको एक वर्षको सदस्यता नविकरण शुल्क व्यहोर्ने निर्णय गरेको छ । महासंघको बिहीबार बसेको बैठकले कोभिड–१९ का कारण सदस्यहरु अप्ठेरोमा परेको भन्दै उनिहरुको सहजताका लागि यस्तो निर्णय गरेको हो ।
केही सदस्यहरुको दुई वर्ष र केहि सदस्यहरुको तीन वर्षको नविकरण शुल्क बुझाउन बाँकी रहेको महासंघले जनाएको छ । जति वर्षको नविकरण शुल्क बुझाउन बाँकी भएपनि सदस्यहरुले अरु वर्षको शुल्क बुझाएपछि मात्रै एक वर्षको शुल्क मिनाहा पाउनेछन् ।
महासंघको सिन्धुली शाखामा जम्मा ५४ जना सदस्यहरु आवद्ध रहेकामा विदेशमा हुने केही सदस्यहरुको सदस्यता नविकरण नगर्ने समेत बैठकले निर्णय गरेको छ । महासंघ शाखा सिन्धुलीका अध्यक्ष होम कुमार कार्की (राजन) ले यहि साउन ३२ गतेसम्म आफ्नो सदस्यता नविकरण गर्न सम्पूर्ण सदस्यहरुलाई आग्रह समेत गर्नुभएको छ । बैठकमा महासंघका भवनहरु भाडामा लगाइएको सम्झौता पत्र, पत्रकार कल्याणकारी कोष लगायत अन्य विषयमा समेत छलफल भएको थियो । कोभिड–१९ को महामारीका समयमा पनि अहोरात्र खटेर समाचार संकलन तथा संपे्रषणमा सहयोग गर्नुहुने सम्पूर्ण पत्रकारहरुलाई बैठकले धन्यवाद समेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *