• सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका अध्यक्ष एवम प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन) ले सरकार अब नयाँ ढंगबाट सञ्चालन हुनुपर्ने बताउनु भएको छ ।
    प्रचण्ड निकट मानिने सिन्धुलीका प्रभावशाली नेता दाहालले सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै सरकार सुशासनमुखी र पारदर्शी हुनुपर्नेमा जोड दिनुभएको छ । सोमवार फेसवुक स्टाटस मार्फत नेता दाहालले सरकार सञ्चालन गर्दा नव उदारवादी अर्थतन्त्रको सट्टा समाजवादी अर्थतन्त्रको मोडल निर्मार्ण गर्नुपर्ने बताउनुभयो । सामाजिक न्याय सहितको विकास र समृद्धिको मोडल आवश्यक भएको र सरकार संचालन तथा कर्मचारी परिचालन सम्वन्धि नयाँ मोडल आवश्यक भएको दाहालको ठम्याइँ छ ।
    भ्रष्टाचार नियन्त्रण गर्नमा सरकार चुकेको आसय व्यक्त गर्दै नेता दाहालले यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । नेता दाहालले नेपाल कम्युनिष्ट पार्टीको विवादलाई लिएर भन्नुभएको छ “पार्टीलाई विधीमा संचालन गर्नुपर्छ, जीवन्त बनाउनुपर्छ र एकतावद्द बनाउनु पर्छ ।” “जनता र कार्यकर्ताले अनुमोदन गरेको पार्टी एकतालाई फुटमा बदल्ने अधिकार कुनै पनि नेतृत्वलाई नभएको वहाँको जिकीर छ ।