२७३ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

सिन्धुली/नेपालमा थप २७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको वताउनु भयो ।
यस्तै, पर्सा र बर्दियामा ६र६ जना, झापा र रुपन्देहीमा ५र५ जना, मोरङ र पर्वतमा ४र४ जना, दाङ र गुल्मीमा २र२ जना, महोत्तरी, बारा, नवलपरासी १र१ जनामा संक्रमण पुष्टि भएको प्रवत्ता डा. गौतमले जानकारी दिनुभयो ।
यसैबीच कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको गौतमले बताए । उनमा कोरोना पुष्टि भएको छ । यसैगरी पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पोस्टमार्टमका क्रममा उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ३६ जना संक्रमित निको भएको र योसँगै कुल निको हुनेको संख्या ९१३ पुगेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *