२ दिने मोवाइल पत्रकारिता सम्बन्धि तालिम समापन
सिन्धुली/मोवाइल पत्रकारिता सम्बन्धि २ दिने तालिमको आज सोमवार समापन भएको छ ।
तालिम नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजना तथा घ्याङलेख गाउँपालिकाको सहयोग सञ्चालन गरीएको हो । तालिममा जिल्लाका ३० जना पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकूत दाताराम प्याकुरेलले तालिमको समापन समारोहमा बोल्नुहुँदै सहभागि पत्रकारहरुलाई दुई दिने तालिमबाट लिएको सिपको उपयोग गर्न आग्रह गर्नु भएको छ । त्यस्तै उहाँले आगामी वर्षमा पनी जिल्लाका पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुलाई व्यासायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने मोवाइल पत्रकारिता सम्बन्धि तालिमको आयोजना गरीएको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले जानकारी दिनुभयो ।त्यस्तै उहाँले सिकेका कुरालाई अबको दिनहरुमा लागू गर्न सहभागि भएका जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभएको छ ।
त्यस्तै दुई दिने तालिममा सहजकीकरणका रुपमा आउनुभएको विकास कार्कीले पत्रकार तथा सञ्चारकर्मीहरुलाई मोवाइलबाट कसरी भिडियो खिच्ने ? फोटो कसरी खिच्दा राम्रो आउँछ , भिडियो गर्नको लागि कस्तो कस्तो सटहरु खिच्दा राम्रो हुन्छ र मोबाइलबाट पत्रकारहरुले के के गर्न सक्छन् भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।



