राजश्व सम्बन्धि सूत्र दुई दिने अभिमुखीकरण तालिम सुरु

सिन्धुली/सिन्धुलीमाढीमा आज सनिबारबाट कमलामाई नगरपालिकाको राजश्व शाखाको आयोजनामा राजश्व सम्बन्धि सूत्र दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ ।

दुई दिने अभिमुखीकरण तालिम राजश्व संकलन तथा प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरीएको हो ।

दुई दिने अभिमुखीकरण तालिमको महालेखा नियन्त्रक कार्यालयबाट आउनुभएका आईटी अफिसरले प्रशिक्षकका रूपमा दुई दिनसम्म सहजीकरण गर्नुहुने कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।

तालिममा आर्थिक प्रशासन शाखा, राजश्व उपशाखा, सूचना प्रविधि शाखा, जिन्सी शाखा, पशु विकास शाखा, वडा कार्यालयका वडा सचिवहरू तथा कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन लेखा समितिका संयोजक तथा राजश्व परामर्श समितिका सदस्य विनोद प्रधानको अध्यक्षतामा भएको नगरपालिकाले जानकारी दिएको छ ।

तालिम पश्चात राजश्व व्यवस्थापन तथा प्रतिवेदन प्रणालीमा एकरूपता कायम हुनुका साथै सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरीएको छ ।
.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *