३५ दिनभित्र व्यक्तिगत घटना दर्ता गराउनेलाई नगरले गर्यो सम्मान

सिन्धुली/सिन्धुलीको कमलामाई नरपालिका वडा नम्बर ४ मा ३५ दिनभित्रै आफ्नो वडा कार्यालयमा गई अनलाइन दर्ता गराउने सूचक व्यक्ति तथा परिवारहरूलाई नगर कार्यपालिकाको तर्फबाट “सम्मान–पत्र“ सहित सम्मान गरिएको छ ।

कमलामाई नगरपालिकाले आफ्नो सेवालाई थप सुदृढ, डिजिटल र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो ।

कार्यक्रममा ३५ दिन भित्र समयमा हुने व्यक्तिगत घटना दर्ता निशुल्क हुनुको साथै राज्यबाट पाउने सेवा–सुविधा उपभोगमा सहजता ल्याउने र बिना झन्झट सहज रूपमा वडा कार्यालयबाट सेवा लिन पाइने कुरामा जोड दिइएको थियो ।

नागरिकहरूको यो सक्रियता र जिम्मेवारीपनले नगरपालिकाको सुशासन प्रवद्र्धन तथा डिजिटल तथ्याङ्क प्रणाली लाई व्यवस्थित बनाउन ठूलो योगदान पु¥याएको छ र आगामी दिनहरूमा पनि अन्य सबै नगरबासीहरूले घटना घटेको ३५ दिनभित्रै दर्ता गरी जिम्मेवार नागरिकको परिचय दिनेछन् भन्ने अपेक्षा राखेको नगरपालिकाले जानकारी दिएको छ ।

कमलामाई नरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव श्री रविन योञ्जन, सामाजिक सुरक्षा तथा पञ्जीकरण उप–शाखाका एम.आई.एस. अपरेटर  भानुभक्त श्रेष्ठ तथा फिल्ड सहायक  रेवती राज देवकोटा लगायत अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *