सिन्धुलीमाढीमा दुई दिने तालिम सुरु
सिन्धुली/सिन्धुलीमाढीमा आज सनिबारबाट माध्यमिक र आधारभूत तह (१–८) का लागि “लेखा तथा जिन्सी व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।
दुई दिने तालिम सिन्धुलीको कमलामाई नगरपालिका, आन्तरिक लेखापरीक्षण शाखाको आयोजनामा भएको हो ।
तालिम विद्यालयहरूको आर्थिक तथा जिन्सी प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले संचालन गरिएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।
कमलामाई नगरपालिका लेखा समिति संयोजक तथा वडा नं. ९ का अध्यक्ष विनोद कुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकाल आन्तरिक लेखा परीक्षण शाखा प्रमुख सुशिल कुमार वर्मा, शिक्षा शाखा प्रमुख सरजीत तामाङ स्रोत विज्ञ कुमार ढकाल, कार्यक्रम सहजकर्ता संजित बुढाथोकी, आन्तरिक लेखा परीक्षण अधिकृत जगदिश विक्रम कार्की, सम्बन्धीत शाखाका कर्मचारीहरु लगायत विभिन्न माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक र लेखापालहरूको समुपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम कमलामाई नगरपालिकाका स्रोत विज्ञ कुमार ढकालले संचालन गर्नु भएको थियो ।



