कमलामाईले जिर्ण तथा जोखिमयुक्त स्टलहरू शुक्रबारबाट भत्काउँने

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले बजार क्षेत्रभित्र रहेका जिर्ण तथा जोखिमयुक्त स्टलहरू भत्काउँन सुरु गर्ने भएकोे छ ।

पालिकाले आज मंगलबार एक सूचना प्रकाशन गर्दै बजार क्षेत्रभित्र रहेका जिर्ण तथा जोखिमयुक्त स्टलहरू भत्काउँन सुरु गर्ने जानकारी दिएको हो ।

स्टलहरू यहि आउँदो जेठको २२ गते अर्थात शुक्रबार दिउँसो १ बजेबाट भत्काउँन सुरु गरिने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।

नगरपालिकाले सम्बन्धित व्यवसायीलाई तोकिएको समयअघि आफ्ना स्टल खाली गर्न आग्रह गरेको छ । तोकिएको समयभित्र स्टल खाली नगरेमा भत्काउँने क्रममा हुन सक्ने क्षतिको जिम्मेवारी सम्बन्धित व्यवसायी स्वयंले व्यहोर्नुपर्ने सुचामा उल्लेख गरिएको छ ।

नगरलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन हितलाई ध्यानमा राखेर बजार व्यवस्थापन गर्न खोजिएकोले गर्दा नगरवासी र व्यवसायीहरूलाई सकारात्मक पक्षबाट सबैलाई सहयोग गर्न नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले आग्रह गर्नु भएको छ । त्यस्तै उहाँले केही संरचनाहरू अत्यन्त जीर्ण र जोखिमपूर्ण अवस्थामा पुगेकाले सम्भावित दुर्घटना रोक्न नगरपालिकाले यस्तो प्रकारको कदम चल्नु परेको बताउँनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *