६८.०४० ग्राम लागू औषध सहित दुई जना नियन्त्रणमा

सिन्धली/सिन्धलीमा प्रहरीले लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार जिल्लाको कमलामाई नगरपालिका–९ भिमानस्थित वि.पी. राजमार्गबाट लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उहाँको अनुसार महोत्तरीको पिपरा गाउँपालिका–५ निवासी ४७ वर्षीय विभुति नाथ झाले चलाएको बा.प्र. ०१–००६ख २५९५ नम्बरको हायसमा सवार यात्रुको चेकजाँच गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार महोत्तरीको पिपरा गाउँपालिका–५ निवासी ४७ वर्षीय विभुति नाथ झाले चलाएको उक्त हायसमा सवार कैलालीको गोदावरी नगरपालिका–६ निवासी २६ वर्षीय अखिलजन विक्रम शाहमाथि शंका लागेपछि चेकजाँच गरिएको थियो ।

चेकजाँच गर्ने क्रममा शाहको लगाएको खैरो रंगको कार्गो पाइन्टको दायाँ गोजीमा सेतो प्लास्टिकभित्र दुई पोका बनाई लुकाइछिपाइ राखिएको खैरो हिरोइनजस्तो देखिने ६८.०४० ग्राम गिलो पदार्थ फेला परेको थियो ।

घटनामा संलग्न रहेको आशंकामा शाहसँगै कैलालीको गोदावरी नगरपालिका–१० निवासी १९ वर्षीय विकास साउदलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय भिमानबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *