फिक्कल दुईलाई गरियो निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

सिन्धुली/फिक्कल गाउँपालिकाको दुई नम्बर वडालाई सनिबार एक बिशेष समारोह बिच निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिएको छ ।

फिक्कल दुईलाई सनिबार एक कार्यक्रमको आयोजना गर्दे गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्नुभएको हो ।

कार्यक्रममा वडा भित्रका बालबालिका आधारभूत शिक्षाको पहुँचबाट बञ्चित नहुने र माध्यामिक तहसम्मको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने प्रतिवद्धता समेत जनाईएको छ  ।

उक्त प्रतिवद्धतामा भने जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, नागरिक समाज, स्थानीय बासीहरु र सरोकारवालाहरुले समेत प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रम फिक्क्ल २ का वडा अध्यक्ष शंकर भण्डारीको अध्यक्षतामा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *