आत्मानिर्भर बन्न बहिरा विद्यार्थीहरुलाई नि :शुल्क तालिम

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ६ जसेदमारमा रहेको नवज्योति बहिरा माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि २ महिने तालिम सञ्चालन गरेको छ ।

नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङको अनुसार विद्यालयमा विद्यार्थीहरुका लागि व्यावसायिक कुक तथा हस्पिटालिटी व्यवस्थापन तालिम र ब्यूटीसीयन र हेयर कटिङ तालिम सञ्चालन गरीएको हो ।

तालिम ह्याण्स् नेपाल सिन्धुलीको आयोजना प्लान नेपालको साझेदारी र कमलामाई नगरपालिकाको समन्वयमा गरीएको हो । २ महिने तालिममा दुई ग्रप अर्थात व्यावसायिक कुक तथा हस्पिटालिटी व्यवस्थापन र ब्यूटीसीयन र हेयर कटिङमा गरी जम्मा २१ जनाको सहभागिता रहेको छ ।

पछिल्लो समय विद्यार्थीहरु र अविभावकहरुले पढाई सँगसँगै केही सिपहरु पनी सिकाइदिनुपर्याे, पढाईलेमात्र हाम्रा नानीबाबुहरु अब्बल भएन्न आफै आत्मनिर्भर हुनुपर्छ भन्ने गुनासाहरु धेरै आए पश्चात तालिमको आयोजना गरीएको प्रधानाध्यापक विजय तामाङले सिन्धुली खबरलाई बताउनुभयो ।

विद्यार्थीहरुले पनी तालिम निकै चासो र ध्यान दिएर सिकीरहेका छन् ।तालिम सिन्धुलीको कमलामाई नगरपालिका ६ जसेदमारमा रहेको नवज्योति बहिरा माध्यमिक विद्यायलमा सञ्चालन भईरहेको छ भने दुई महिने तालिम आउँदो असारको ६ गते समापन हुने छ ।

तामाङको अनुसार नवज्योति बहिरा माध्यमिक विद्यालयमा हाल देशभरका ३ सय भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् । जहाँ केही मात्रमा बौद्धिक अपाङ्गता भएका र अरु बहिरा विद्यार्थीहरु अध्ययनरत छन् ।

नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङको अनुसार विद्यालयले बिभिन्न संघ संस्था तथा स्थानिय तह हरुको सहयोगमा विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउँने उदेश्यले बिगत ३ वर्ष देखी यस्ता धेरै प्रकारका तालिमहरु सञ्चालन गरीरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *