विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सिन्धुलीमाढीमा प्रभातफेरी

सिन्धुली/ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज आइतबार सिन्धुलीमाढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा गरीएको प्रभातफेरी कार्यक्रममा जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती गरीएको हो ।

महासंघको कार्यालयबाट सुरु गरीएको प्रभातफेरी कमलामाई नगरपालिका ६ २ नम्बर बजार हुँदै कलामाई नगरपालिकाको कार्यालय अगाडी लोकतान्त्रिक चोकमा आएर समापन गरिएको थियो ।

प्रभातफेरीको समापनमा बोल्नुहुँदै नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष बाबुराम देवकोटाले सूचनामा समानताको लागि केन्द्रित रहेको धारणा राख्नुहुँदै नेपाल सरकाले विज्ञापन सरकारी संचारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने निर्णय अझै पनि नसच्याए विभिन्न प्रकारका दबाबमुलक कार्यक्रमहरु आयोजना गरीने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका पुर्व सभापती समेत रहनु भएका शंकर सौगातले विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै हालको सरकारले गरेको सरकारी कार्यालयहरुको सूचनाहरु सरकारी संचारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने निर्णय चित्तनबुझ्दो भएको बताउनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *