खोलामा डुबेर एक युवाको मृत्यु
सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिका ४ पचरुखी स्थित कमला खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार दुधौली ४ पचरुखीका २९ वर्षीय सुरेन्द्र अधिकारीको मृत्यु भएको हो ।
उहाँको अनुसार उनी हिजो साँझ ५ः३० बजे घरबाट माछा मार्न भनी कमला खोला गएका थिए । माछा मार्न गएका अधिकारी घर नफर्केपछि परिवार र स्थानीयले खोजतलास गरिरहेका थिए ।
खोजी गर्ने क्रममा उनलाई आज दिउँसो करीव ३ बजेको समयमा खोलाको पानीमा मृत अवस्थामा फेला परेको हुन ।
खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली घटनास्थल खटिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार घटनास्थलको मुचुल्का तयार पारी थप अनुसन्धान अघि बढाएको छ ।



