पत्रकार महासंघ सिन्धुलीले नौ वटै स्थानिय तहलाई बुझायो ज्ञापन पत्र

सिन्धुली/आज मंगलबार नेपाल पत्रकार महासंघ सिन्धुलीले जिल्ला समन्वय समिति मार्फत नौ वटै स्थानिय तहहरुलाई ज्ञापन पत्र बुझाएको छ ।

सरकारी सूचना सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णयलाई अस्वीकार गर्दे नेपाल पत्रकार महासंघले आयोजना गरेको बिरोध कार्यक्रम मार्फत जिल्लका पत्रकारहरुको सहभागितामा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले सरकारले गरेको सरकारी सूचना सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन र प्रसारण गर्ने सरकारको निर्णय आफुलाई पनि चित्त नबुझेको बताउनुभयो ।त्यस्तै उहाँले सबै क्षेत्रहरुका संग राम्रो सम्वन्ध नभए देश चलाउन असहज हुने बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले संवैधानिक व्यवस्था अनुसार दर्ता भएका सञ्चार माध्यमलाई आर्थिक रुपले सबल बनाउनु राज्यको पनि दायित्व रहेको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गत चैत १८ गते सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहलाई परिपत्र गरी सरकारी सुचना सरकारी सञ्चार माध्यमलाई मात्र दिन निर्देशन जारी भए पछि हाल सिन्धुली जिल्ला लगाएत देशभर पत्रकार महासंघका बिरोधका कार्यक्रम भईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *