सिन्धुली अपाङ्ग महिला संघको आठौँ स्थापना दिवसमा १२ जनाले गरे रक्तदान

सिन्धुली/सिन्धुलीमाढीमा आज आईतबार सिन्धुली अपाङ्ग महिला संघको आठौँ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरी मनाइएको छ ।

सिन्धुली अपाङ्ग महिला संघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा सञ्चालन गरीएको क्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले रगत दान गर्नु भनेको कसैको जिवन बचाउनु जस्तै रहेका बताउनुहुँदै रक्तदानले राष्ट्रको सेवा समेत हुने बताउनुभयो ।

त्यस्तै सिन्धुली अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) ले अपाङ्गता भएको व्यक्ती वा अपाङ्गता भएको महिलाले पनि नेतृत्वमा रहेर समाजमा राम्रो राम्रो धेरै कामहरु गर्न सक्ने बताउनुहुँदै उहाँले सपाङ्ग सरह समाजको जुन सुकै कार्यक्रमा सामेल भई योगदान पुर्याउन सक्छन भन्ने उदेश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

सिन्धुली अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्तिहरु र अपाङ्गता भएका महिलाहरुको लागि समय समयमा बिभिन्न कार्यक्रहरु गर्देआईरहेका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *