मरिणमा क्रिस्टलका गहना बनाउने तालिम संचालन हुने

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा महिलाहरूलाई क्रिस्टलका गहना बनाउने तालिम संचालन हुने भएको ।

पालिकाले गत बुधार एक सूचना प्रकाशन गर्दे क्रिस्टलका गहना बनाउने तालिम संचालन हुने जानकारी दिएको हो

गाउँ कार्यपालिकाको कार्यालयलले इच्छुक महिलाहरूलाई सहभागिताका लागि आवेदन दिन आह्वान गरेको छ ।

सहभागि हुनको लागि नेपाली नागरिकताको प्रमाण–पत्र,उमेर कम्तिमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र सहभागी महिला हुनुपर्ने छ ।

त्यस्तै सम्बन्धित वडाको सिफारिस चाहिने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।निवेदन गाउँपालिकाको सामाजिक विकास शाखा वा सम्बन्धित वडा कार्यालयमा बुझाउन सकिने उल्लेख गरीएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *