-
जेठ १६, सिन्धुली/जन्मदिन, विवाह उत्सव लगायतका शुभ कर्म मनाउने मानिसका आ–आफ्ना रहर र तौरतरिका हुन्छन् । आफ्नो इच्छा र चाहाना अनुसार मानिसले यस्ता अवसरहरुको सदुपयोग गर्ने हो । आफ्नो जन्मदिनमा साथीभाइ जम्मा पारेर पार्टी गर्नेहरुको लर्काे पनि लामै छ ।
तर तीनपाटन गाउँपालिका वडा नं.१ बेलघारीका पुरुषोत्तम दाहाल दम्पत्तिले यसपटक फरक तरिकाले जन्मदिन मनाउनुभएको छ । सिन्धुली अस्पताललाई दुई थान कुलर मेसिन प्रदान गरेर दाहाल दम्पत्तिले यसपटकको जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा आइतवार दाहाल दम्पत्तिले ५५ लिटर क्षमताका दुई थान कुलर मेसिन अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेललाई हस्तान्तरण गरेका छन् ।
‘अरुले के गर्छन् भन्दानी आफूले के गर्दा सहयोग पुग्छ भन्ने कुरामा मानिसले सचेतता अपनाउने हो,’ दाहालले भन्नुभयो ‘सिंगो विश्व कोरोनाको महामारीमा फसिरहेकाबेला आफ्नो जिल्लामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा बिरामीहरुलाई गर्मीमा थोरै भएपनि राहत पुगोस् भन्ने हेतुले हामीले सहयोग गरेका हौँ ।’ नेपाल नीजामति कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष समेत रहेका दाहालले आफ्नो स्वास्थ्यको परवाह नगरी बिरामीको सेवामा हरप्रहर तैनाथ स्वास्थ्यकर्मीहरुप्रति कसैले विभेद र अपहेलना गर्न नहुने भन्दै उनिहरुको सेवाप्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो । साथै वहाँले स्वास्थ्यकर्मीप्रति भएका आक्रमणको भत्र्सना समेत गर्नुभयो ।
त्यस्तै सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले दाहाल दम्पत्तिको उदाहरणिय कर्मको प्रशंसा गर्दै सेवामुखि कामप्रति धन्यवाद व्यक्त गर्नुभयो । जन्मदिनको शुभकामना दिँदै अध्यक्ष पोख्रेलले यस्ता मनकारी मानिसहरुको शिर समाजमा सँधै उँचो भैरहने समेत बताउनुभयो
News Desk 0 response आइतवार, जेष्ठ १६, २०७८
सम्बन्धित शीर्षकहरु
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१-
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१
-
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१