कमलामाईका शिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम

सिन्धुलीमा आज बुधबार माध्यमिक तहका शिक्षकहरूका लागि बालबालिकाको मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने उदेश्यले विद्यालयका शिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम गरीएको छ ।

प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा सिविन नेपालको आयोजनामा भएको स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगरभित्रका २९ जना शिक्षकहरूको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रम हिजो पनि नगरभित्रका ३१ जना शिक्षकहरूलाई प्रदान गरीएको थियो ।

अभिमुखीकरण कार्यक्रममा आज पनि सिन्धुली जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय नर्सहरू सुजिता कुमारी यादव र कल्पना अधिकारीले मानसिक स्वास्थ्यसम्बन्धी विविध विषयमा सहभागि भएका शिक्षकहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

उहाँहरुले बालबालिका तथा किशोरकिशोरीमा देखिने प्रमुख मानसिक समस्याहरू जस्तैः बौद्धिक विकासमा ढिलाइ, अटिजम, व्यवहारसम्बन्धी समस्या, चिन्ता, उदासीनता लगायतका अन्य प्रमुख समस्याहरूबारे भिडियो मार्फत जानकारी गराउनुभएको थियो भने कार्यक्रममा सहभागी शिक्षकहरूले हाल सम्म आफ्ना विद्यालयमा देखिएका समस्याहरु आदानप्रदान गर्नुभएका थियो ।

सिविन नेपालका कम्युनिकेशन म्यानेजर प्रमिला मानन्धरको अनुसार विद्यालय पुनः सञ्चालन भएपछि ती तीनवटै पालिकाका बालबालिका तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग समेत मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ । उहाँको अनुसार सुनकोसी गाउँपालिकामा पनि यस्तै कार्यक्रम गर्ने तयारी भएको मानन्धरले बताउनुभयो ।

उक्त कार्यक्रमले विद्यालयहरूमा बालबालिका तथा किशोरकिशोरीहरूको मानसिक स्वास्थ्य सम्बन्धी सचेतना र सहयोग प्रणाली सुदृढ गर्ने प्रयासलाई अझ विस्तार गर्ने अपेक्षा गरीएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *