-
वैशाख ३०, सिन्धुली/सिन्धुलीमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ प्रभावकारी बनेको छ । सिन्धुली अस्पताल सिन्धुलीबाट चालु आर्थिक बर्षको हाल सम्ममा ६ सय जनाले सेवा लिइसकेका छन् ।
News Desk 0 response आइतवार, बैशाख ३०, २०८१
‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत ३० वर्षमाथिका मानिहरुको नसर्ने रोगको पहिचान, निदान, परामर्श र उपचार निःशुल्क हुने भएकोले जिल्लामा सेवाग्राही बढी आकर्षित भएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर अभिशेक थपलियाले बताउनु भएको छ ।
जिल्लामा विशेषगरी प्रेसर, सुगर, थाइराइड, कोलस्टोर लगायतका नसर्ने रोग मानिसमा भए नभएको परिक्षणको लागि आउने गरेका छन् । प्रायजसो ३० बर्ष भन्दा माथि उमेर कटेपछि विभिन्न रोग लाग्न सक्ने सम्भावना भएकोले रोगको पहिचान गर्न सो उमेर समुहका मानिसलाई परिक्षण गर्ने गरिएको डाक्टर थपलियाको भनाई छ ।
परिक्षणबाट थोरै मात्रै मानिसमा रोग नदेखाएको र धेरै जसो मानिसमा विभिन्न प्रकारका नसर्ने रोग देखाएको उहाँले बताउनु भयो । “सिन्धुली अस्पतालमै उपचार सम्भव भएका विरामीलाई यहिँ नै उपचारको लागि सल्लाह दिएका छौँ । पत्थरी, मुटु, मृगौलामा समस्या तथा अन्य जटिल प्रकारका रोग पहिचान भएको बिरामीलाई बाहिर गएर उपचारको लागि सल्लाह दिने गरेका छौँ ।” डाक्टर थपलियाले भन्नुभयो ।
सो कार्यक्रम अन्र्तगत हप्ताको ४ दिन (आइतबार, सोमबार, मंगलबार र बुधबार) एक दिनमा १५, २० जनाको दरले व्यक्तिहरुलाई परिक्षण गर्ने गरिएको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ सिन्धुली अस्पतालका फोकल पर्सन राम कौसल यादवले जानकारी दिनुभयो ।
त्यस मध्ये पनि २ दिन अन्य पालिकाको स्वास्थ्य कार्यालयबाट सिफारिस भएका व्यक्तिहरुको परिक्षण गरिन्छ भने २ दिन कमलामाई नगरपालिका भित्रका व्यक्तिहरुको परिक्षण गरिने फोकल पर्सन यादवले बताउनु भयो ।
बार्षिक अस्पताललाई १ जना विरामी लाई परीक्षण गराउँदा २ हजार २ सयको दरले ८ सय जना विरामी परिक्षणको लागि बजेट आउने गरेको छ । जिल्लामा अघिल्लो बर्षबाट सुभारम्भ भएको सो कार्यक्रम अन्तर्गत अघिल्लो बर्षनै जिल्लाबाट ८ जनाले नै सेवा लिएका थिए । यो बर्षको अन्तिम सम्ममा सेवा लिनेहरु ८ सय जना नै पुग्ने यादवले आंकलन गर्नुभएको छ ।
बागमती प्रदेशका जिल्लाहरुमा सो कार्यक्रम सन्चालन हुने गरेको छ । विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, शहीद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन यो कार्यक्रम सुरु गरीएको हो ।
सम्बन्धित शीर्षकहरु
हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
शनिबार, भदौ २२, २०८१अखिल क्रान्तिकारी सिन्धुलीको निर्वाचन भदौ २६ गते हुने
बिहिबार, भदौ २०, २०८१दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली सर्वसम्मत
बुधबार, भदौ १९, २०८१-
सुँडे पुतलीबाट फल जोगाउन गोलन्जोरको नयाँ योजना,..
शनिबार, भदौ २२, २०८१ -
हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक..
शनिबार, भदौ २२, २०८१ -
अखिल क्रान्तिकारी सिन्धुलीको निर्वाचन भदौ २६ गते..
बिहिबार, भदौ २०, २०८१ -
दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली..
बुधबार, भदौ १९, २०८१ -
तीजको अवसरमा सर्वदलिय सर्वपक्षिय महिलाबिच पाँच सवालमा..
बुधबार, भदौ १९, २०८१
-
सुँडे पुतलीबाट फल जोगाउन गोलन्जोरको नयाँ योजना,..
शनिबार, भदौ २२, २०८१ -
हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक..
शनिबार, भदौ २२, २०८१ -
अखिल क्रान्तिकारी सिन्धुलीको निर्वाचन भदौ २६ गते..
बिहिबार, भदौ २०, २०८१ -
दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली..
बुधबार, भदौ १९, २०८१ -
तीजको अवसरमा सर्वदलिय सर्वपक्षिय महिलाबिच पाँच सवालमा..
बुधबार, भदौ १९, २०८१
-
प्रथम ‘तीज क्वीन–२०८१’ को उपाधि विनिता गौतमलाई
शनिबार, भदौ १५, २०८१ -
मन मायाको काँधमा रातो साडी र छड्के..
सोमवार, भदौ १७, २०८१ -
पुस्तकको पाना मात्रै पढेर सिकाइ पुरा हुदैन..
सोमवार, भदौ १७, २०८१ -
दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली..
बुधबार, भदौ १९, २०८१ -
सुनकोशी दुर्घटना अपडेट : ६ दिन बितिसक्दा..
बिहिबार, भदौ १३, २०८१