-
बैशाख ७, सिन्धुली/मरिण गाउँपालिकाले महिलाहरुलाई लक्षित गरे संचालन गरेर २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले महिलाहरुले लाभ लिएका छन् । मरिण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागि माइक्रोस्कोपी खकार जाचँ सम्बन्धी शिविरमा ४ सय ९३ जनाले सेवा लिएका हुन् ।
सो शिविरमा २ सय २४ जनाको क्यान्सरको लागि प्रारम्भीक जाँच (भिआइए) गरिएकोमा ६ जनामा क्यान्सर रोग संकास्पद रुपमा देखा परेको मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिनुभयो ।
News Desk 0 response शुक्रबार, बैशाख ७, २०८१
“ भिआइए गराउँदा ६ जनामा क्यान्सर भएको हुन सक्ने शंका लागेको छ । यसअघि कतैपनि उपचारको लागि जानु भएको छैन रहेछ । उहाँहरुलाई तत्काल उपचारको लागि सिफारिस गरिदिएका छौँ ; लाखेले भन्नुभयो ।
त्यस्तै पाठेघरको जाचँ गरिएका महिला मध्य १६ जनामा पाठेघर खस्ने समस्या देखा परेको छ । पाठेघर खस्ने समस्या समयमानै उपचार नगराउँदा जटिल बन्दै जाने भएकोले तत्काल अप्रेसन गर्नुपर्ने सुझाव दिइएको स्वास्थ्य शाखा प्रमुख लाखेले बताउनु भयो ।
दुईवटै रोगका विरामीहरुलाई गाउँपालिकाले प्रादेशिक अस्पताल जनकपुरमा समन्वय गरि उपचारको ब्यवस्था मिलाइने उहाँले बताउनु भयो ।
शंकास्पद क्षयरोगीहरुको लागि माइक्रोस्कोपी मार्फत ७४ जनाको खकार जाचँ गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
मरिण गाउँपालिका वडा नं. १, २, ३ र ४ लाई लक्षित गरि मरिण गाउँपालिका ३ स्थित कल्पबृक्ष स्वास्थ्य चौकी र वडा नं. ५, ६ र ७ लाई लक्षित गरि मरिण गाउँपालिका ७ स्थित जयमंगल आधारभुत स्वास्थ्य केन्द्रमा शिविर संचालन गरिएको थियो ।
आर्थिक स्थिती कमजोर भएका, अशक्त, रोगि, मानसिक सन्तुलन गुमाएका तथा भौगोलिक विकटता भएका महिलाहरुलाई लक्षित गरेर मंगलबार र बुधबार शिविर संचालन गरिएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।
सम्बन्धित शीर्षकहरु
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१