-
बैशाख ३, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको छ महिलाहरुलाई लक्षित गर्दै भोलि मंगलबारबाट निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको हो ।
मरिण गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाको आयोजनामा शिविर सन्चालन गरिने बताइएको छ । पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागि माइक्रोस्कोपी खकार जाचँ सम्बन्धि शिविर संचालन गर्न लागिएको मरिण गाउँपालिकाको स्वास्थ्य शाखाले एक सूचना जारी गरेर जानकारी दिएको छ । शिविरमा महिलाहरुको आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, शंकास्पद क्षयरोगीहरुका लागि निःशुल्क स्क्रिनीङ जाँच, खकार जाँच, उपचार र औषधी समेत वितरण गरिने सूचनामा उल्लेख गरिएको छ ।
आर्थिक स्थिती कमजोर भएका, अशक्त, रोगि, मानसिक सन्तुलन गुमाएका तथा भौगोलिक विकटता भएका महिलाहरुलाई लक्षित गरेर घुम्ति शिविर सन्चालन गर्न लागिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो । पछिल्लो समय यस्ता समस्याबाट महिलाहरु ग्रसित भएको भन्ने गुनासोलाई मध्यनजर गरेर निःशुल्क शिविर सन्चालनमा ल्याइएको मोक्तानको भनाई छ ।
भोलि मंगलबार मरिण गाउँपालिका ३ स्थित कल्पबृक्ष स्वास्थ्य चौकीमा र ५ गते बुधबार मरिण गाउँपालिका ७ स्थित जयमंगल आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविर संचालन हुने आयोजकले जनाएको छ । सूचनामा उल्लखे भए अनुसारको समस्या भएका विरामीहरुलाइ शिविरमा गएर सेवा लिन पालिकाको स्वास्थ्य शाखाले अनुरोध समेत गरेको छ ।
News Desk 0 response सोमवार, बैशाख ३, २०८१
सम्बन्धित शीर्षकहरु
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१-
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’..
सोमवार, बैशाख ३१, २०८१
-
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१