-
चैत २८, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंखर पोख्रेलले गठबन्धनको सरकार २०८४ सम्म नै जाने बताउनु भएको छ । आज प्रेस चौतारी नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोख्रेलले नेपालका प्रमुख दलहरु नेकपा एमाले र माओवादी केन्द्र बिचको गठबन्धनको सरकार मिसन २०८४ सम्मनै जाने बताउनु भएको हो ।
महासचिव पोख्रेलले नेकपा एमालेले एक्लै बहुमत प्राप्त सरकार निर्माण गर्नको लागि जनमतलाई ध्र्रुविकरण गर्ने कुरा नै रहेको जिकिर गर्नुभयो । “अहिले हाम्रो रुचि नै सोहि कुरा प्रति केन्द्रित छ । हाल भएको गठबन्धन लाई मिसन २०८४ सम्म लैजाने नेकपा एमालेले चाहाना राखेको छ । ; महासचिव पोख्रेलले भन्नुभयो ।
नेकपा एमाले जिल्ला कमिटि सिन्धुलीको आठौँ जिल्ला अधिवेशनको उद्घाटनको लागि सिन्धुलीमाढी आइपुग्नु भएका महासचिव पोख्रेलले नेपाली काङ्ग्रेस सँग गठबन्धन गरेर सरकार त बन्ने तर नीतिगत रुपमा नमिल्ने भएकोले नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच गठबन्धन नहुने तर्क राख्नुभयो । उहाँले नेपालका बलिया राजनितिकदलहरु अगाडि आउनु पर्नमा जोड दिनुभयो ।
“ नेपालमा राजनितिक स्थायीत्वको लागि बलिया राजनितिक दलहरु अगाडि आउनु जरुरी छ । र यो संसद भित्रको जोड घटाउद्धारा सरकार बन्ने र गिर्ने जुन प्रकारको अवस्था गएको निर्वाचको माध्यमबाट प्रकट भएको छ । त्यो अवस्था अन्त्य हुनुपर्दछ । ; महासचिव पोख्रेलले थप्नुभयो ।
जुनसुकै पार्टीको भएपनि बलियो नेतृत्व सहितको स्थिर सरकार बन्नुपर्छ भन्ने नेकपा एमालेको मान्यता रहेको महासचिव पोख्रेलको भनाई छ । सोहि आधारमा नेकपा एमालेलाई बदियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने र आगामि चुनावबाट विना कुनै दलको साहेतामा राजनितिक स्थायीत्व पर्याप्त गर्ने शक्तिको साथमा नेकपा एमालेलाई स्थापित गर्ने योजना भइरहेको उहाँले बताउनु भयो ।
यसैबिच नेकपा एमाले जिल्ला कमिटि सिन्धुलीको आठौँ अधिवेशनको नेकपा एमालेका महासचिव शंखर पोख्रेलले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । दुई दिनसम्म चल्ने अधिवेशन २९ गते जिल्ला कमिटी चयन गर्दै सम्पन्न हुने छ । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी हुनेमा छुटेका भूगोल, विभिन्न पार्टीबाट समाहित हुने व्यक्तिहरु र मूलप्रवाहमा समावेश गर्नुपर्ने वर्ग, समुदायका व्यक्तिहरुलाई जिल्ला कमिटीको बैठकबाट मनोनीत गरिनेछ ।
News Desk 0 response बुधबार, चैत्र २८, २०८०
सम्बन्धित शीर्षकहरु
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१-
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’..
सोमवार, बैशाख ३१, २०८१
-
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१