• चैत २८, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंखर पोख्रेलले गठबन्धनको सरकार २०८४ सम्म नै जाने बताउनु भएको छ । आज प्रेस चौतारी नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोख्रेलले नेपालका प्रमुख दलहरु नेकपा एमाले र माओवादी केन्द्र बिचको गठबन्धनको सरकार मिसन २०८४ सम्मनै जाने बताउनु भएको हो ।

    महासचिव पोख्रेलले नेकपा एमालेले एक्लै बहुमत प्राप्त सरकार निर्माण गर्नको लागि जनमतलाई ध्र्रुविकरण गर्ने कुरा नै रहेको जिकिर गर्नुभयो । “अहिले हाम्रो रुचि नै सोहि कुरा प्रति केन्द्रित छ । हाल भएको गठबन्धन लाई मिसन २०८४ सम्म लैजाने नेकपा एमालेले चाहाना राखेको छ । ; महासचिव पोख्रेलले भन्नुभयो ।

    नेकपा एमाले जिल्ला कमिटि सिन्धुलीको आठौँ जिल्ला अधिवेशनको उद्घाटनको लागि सिन्धुलीमाढी आइपुग्नु भएका महासचिव पोख्रेलले नेपाली काङ्ग्रेस सँग गठबन्धन गरेर सरकार त बन्ने तर नीतिगत रुपमा नमिल्ने भएकोले नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच गठबन्धन नहुने तर्क राख्नुभयो । उहाँले नेपालका बलिया राजनितिकदलहरु अगाडि आउनु पर्नमा जोड दिनुभयो ।

    “ नेपालमा राजनितिक स्थायीत्वको लागि बलिया राजनितिक दलहरु अगाडि आउनु जरुरी छ । र यो संसद भित्रको जोड घटाउद्धारा सरकार बन्ने र गिर्ने जुन प्रकारको अवस्था गएको निर्वाचको माध्यमबाट प्रकट भएको छ । त्यो अवस्था अन्त्य हुनुपर्दछ । ; महासचिव पोख्रेलले थप्नुभयो ।

    जुनसुकै पार्टीको भएपनि बलियो नेतृत्व सहितको स्थिर सरकार बन्नुपर्छ भन्ने नेकपा एमालेको मान्यता रहेको महासचिव पोख्रेलको भनाई छ । सोहि आधारमा नेकपा एमालेलाई बदियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने र आगामि चुनावबाट विना कुनै दलको साहेतामा राजनितिक स्थायीत्व पर्याप्त गर्ने शक्तिको साथमा नेकपा एमालेलाई स्थापित गर्ने योजना भइरहेको उहाँले बताउनु भयो ।

    यसैबिच नेकपा एमाले जिल्ला कमिटि सिन्धुलीको आठौँ अधिवेशनको नेकपा एमालेका महासचिव शंखर पोख्रेलले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । दुई दिनसम्म चल्ने अधिवेशन २९ गते जिल्ला कमिटी चयन गर्दै सम्पन्न हुने छ । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी हुनेमा छुटेका भूगोल, विभिन्न पार्टीबाट समाहित हुने व्यक्तिहरु र मूलप्रवाहमा समावेश गर्नुपर्ने वर्ग, समुदायका व्यक्तिहरुलाई जिल्ला कमिटीको बैठकबाट मनोनीत गरिनेछ ।