-
चैत ५,सिन्धुली/सुनकोशी गाउँपालिका–६ थुम्कास्थित रिठ्ठेभिर सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किँदा घर तथा गोठ जलेर करिब १५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आज दिउँसो २ बजेबाट सुरु भएको आगो ६ घण्टापछि नियन्त्रणमा लिइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले जानकारी दिनुभयो ।
मन्थली नगरपालिकाको दम्कल, खानेपानीको पानीट्याङ्कीको प्रयोग गरेर जनप्रतिनिधि, स्थानीय, शसस्त्र प्रहरी बल, नेपाल प्रहरीले आगो नियन्त्रणमा लिइएको छ । विभिन्न व्यक्तिका घर तथा गोठमा आगलागी हुँदा १५ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता केशव कुमार कटुवालले जानकारी दिनुभयो ।
आगलागीबाट थुम्काकी सितादेवी आचार्यको फुसको घर र गोठ जलेर नष्ट भएको छ । नरबहादुर आचार्य र कृष्णबहादुर आचार्यको फुसको घर पनि जलेको प्रहरीले जनाएको छ । नरबहादुर र कृष्णबहादुरको घरमा भने हाल कसैको बसोबास नरहेको जनाइएको छ । यस्तै, सोही ठाउँकी पवित्रा कार्कीको पनि गोठ जलेको छ ।
सोही स्थानमा रहेको शुभकामना प्राविको पुरानो भवनमा पनि आगलागीले क्षति पु¥याएको छ । उक्त प्राविमा हाल पठनपाठन भने हुँदैन । आगलागीबाट मानवीय तथा पशु चौपायमा भने क्षति नभएको प्रहरी प्रवक्ता प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ६, २०८०
सम्बन्धित शीर्षकहरु
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा शुभारम्भ घोषणा, सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम
सोमवार, बैशाख २४, २०८१-
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१
-
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१