-
चैत १, सिन्धुली/तीनपाटन गाउँपालिका–१ बेलघारीमा परम्परागत हानिकारक अभ्यास परिवर्तनको निम्ति अन्तरपुस्ता संवाद तथा अन्तरक्रिया सञ्चालन गरिएको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा जनजाति समाज विकास कार्यक्रम सिन्धुली (जेएसडिपी) को आयोजनमा समाजमा जरो गाडेर बसेको हानिकारक सामाजिक मुल्यमान्यता न्युनिकरणको लागि अन्तरपुस्ता संवाद तथा अन्तरक्रिया सञ्चालन गरिएको हो ।
News Desk 0 response बिहिबार, चैत्र १, २०८०
उक्त वडाका वडाध्यक्ष गोबिन्द बहादुर राउतको अध्यक्षतमा भएको कार्यक्रममा बालबालिका, युवा, अभिभावक तथा शिक्षक, शिक्षिका र सार्वजनिक पदमा आसिन व्यत्तित्वबीच बृहत् छलफल तथा अन्तरक्रिया गरिएको थियो । वडाध्यक्ष राउतले १ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्ने प्रक्रियामा रहेको बताउनुभयो । आगामी असार १० गते वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । बालमैत्री वडा घोषणा गर्नको निम्ती जेएसडिपीले सञ्चालन गरेको अन्तरपुस्ता संवाद तथा अन्तरक्रिया कार्यक्रमले निकै टेवा पुगेको अध्यक्ष राउतले बताउनुभयो ।
पछिल्लो समय तीनपाटनका बालबालिका लागुऔषध ओसारप्रसारमा प्रयोग हुने गरेको अभिभावकले गुनासो गर्नुभएको छ । विद्यालयका विद्यार्थीहरुले लागुऔषध दुर्व्यसनमा लागेको, नकरात्मक यौन चाहना, बालिकाहरु जवरजस्ती करणीको शिकार बन्ने क्रम बढ्दो रहेको भन्दै सरोकारवालाई अभिभावकहरुले ध्यानाकर्षण गराउनुभएको हो ।
यता बालबालिकाहरुले भने अभिभावकले आफुहरुको बिषयमा चासो नराखेको भनाई राख्नुभयो । “बोर्डिङ स्कुलमा अध्ययनरत साथीहरुको अभिभावकले धेरै चासो राख्ने सुनाउँछन् । पढे नपढेको, गृहकार्य गरे नगरेको सोध्ने, हेर्ने गर्दछन् तर हामी सामुदायिक विद्यालयमा पढ्नेहरुको अभिभावकले कहिल्यै त्यस्ता कुराको ख्याल राख्नुहुन्न,“ अन्तरक्रियामा सहभागी बालबालिकाले बताउनुभयो ।
शिक्षकहरुले भने बालबालिका कुलतमा फस्नुको मुख्य कारण अभिभावकले चासो नराख्नु रहेको बताउनुभयो । आफ्नो छोराछारीको गतिविधिको बिषयमा चासो राख्नु आवश्यक रहेको भन्दै विद्यालयबाट संस्कारसहितको शिक्षा प्रदानमा कुनै कन्जुस्याइँ नभएको शिक्षकहरुले दाबी गर्नुभयो ।
जेएसडिपी सिन्धुलीका प्रोजेक्ट अफिसर अर्जुन कुमार बयलकोटीले प्लान नेपालको साझेदारीमा जेएसडिपीले विभिन्न कार्यक्रम सन्चालन गरेको बताउनुभयो । उहाँले किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा, लैङ्गिक उत्तरदायी अभिभावकत्व तालिम, स्वास्थ्य आमा समुह बैठक, बालमैत्री स्थानीय शासन कार्यान्वयनमा तयारीलगायतका दर्जनौँ कार्यक्रम सन्चालन गरिएको जानकारी दिनुभयो ।
सम्बन्धित शीर्षकहरु
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१-
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’..
सोमवार, बैशाख ३१, २०८१
-
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१