-
फागुन ८, सिन्धुली/बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम’ सम्बन्धि कार्यक्रम कार्यान्वयन कार्यशाला सन्चालन गरेको छ ।
आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा सिन्धुलीको मरिण गाउँपालिकामा सिन्धुली,रामेछाप,चितवन र मकवानपुर जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख,उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितीमा सो कार्यक्रमको कार्यन्वयन कार्याशाला सन्चालन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषि तथा पशुपन्छीमा उत्पादन बढाउने लक्ष्य सहित नयाँ योजना सुरु गरिएको बताउनु भयो । उत्पादनलाई बृद्धि गर्ने गरी निति नै बनाएको बताउनु हुँदै मुख्यमन्त्री जमकट्टेलले कृषि क्षेत्रमा रहेको जिकिर गर्नुभयो ।
“उत्पादनमै सहभागी हुने कार्यक्रम त्यो पनि स्थानीय सरकार, प्रदेश सरकार र निजि क्षेत्र सहित मिलेर ५ बर्ष सम्मको बहुबर्षीय लक्ष्य राखेर उत्पादनमा केन्द्रित हुने नयाँ योजना हो । बागमती प्रदेशका पालिकाहरुलाई निति कार्यक्रम र बजेट बनाउने समयमा तपाईको गाउँपालिका कुन पकेट क्षेत्र बन्न सक्छ भनेर पत्र पठाउँदा १ सय १९ मध्ये एक सय ४ वटा पालिकाले पठाएको जानकारी अनुरुप कार्यक्रमको कार्यविधि वनाएका छौँ ।; मुख्यमन्त्री जमकट्टेलले भन्नुभयो ।
दुई तहको सरकार,निजी क्षेत्र सहित स्वयम् किसान सवै मिलेर उत्पादन बढाउने बहुबर्षीय योजनाका साथ थालिएको नयाँ प्रयास भएको उहाँले बताउनु भयो । पहिलो चरणको ‘एक वडा एक कृषि उत्पादन ’ कार्यक्रममा बागमती प्रदेशका ८५ वटा वडा समावेश हुने छन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन ८, २०८०
सम्बन्धित शीर्षकहरु
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१