• फागुन ८, सिन्धुली/बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम’ सम्बन्धि कार्यक्रम कार्यान्वयन कार्यशाला सन्चालन गरेको छ ।

    आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा सिन्धुलीको मरिण गाउँपालिकामा सिन्धुली,रामेछाप,चितवन र मकवानपुर जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख,उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितीमा सो कार्यक्रमको कार्यन्वयन कार्याशाला सन्चालन भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषि तथा पशुपन्छीमा उत्पादन बढाउने लक्ष्य सहित नयाँ योजना सुरु गरिएको बताउनु भयो । उत्पादनलाई बृद्धि गर्ने गरी निति नै बनाएको बताउनु हुँदै मुख्यमन्त्री जमकट्टेलले कृषि क्षेत्रमा रहेको जिकिर गर्नुभयो ।

    “उत्पादनमै सहभागी हुने कार्यक्रम त्यो पनि स्थानीय सरकार, प्रदेश सरकार र निजि क्षेत्र सहित मिलेर ५ बर्ष सम्मको बहुबर्षीय लक्ष्य राखेर उत्पादनमा केन्द्रित हुने नयाँ योजना हो । बागमती प्रदेशका पालिकाहरुलाई निति कार्यक्रम र बजेट बनाउने समयमा तपाईको गाउँपालिका कुन पकेट क्षेत्र बन्न सक्छ भनेर पत्र पठाउँदा १ सय १९ मध्ये एक सय ४ वटा पालिकाले पठाएको जानकारी अनुरुप कार्यक्रमको कार्यविधि वनाएका छौँ ।; मुख्यमन्त्री जमकट्टेलले भन्नुभयो ।

    दुई तहको सरकार,निजी क्षेत्र सहित स्वयम् किसान सवै मिलेर उत्पादन बढाउने बहुबर्षीय योजनाका साथ थालिएको नयाँ प्रयास भएको उहाँले बताउनु भयो । पहिलो चरणको ‘एक वडा एक कृषि उत्पादन ’ कार्यक्रममा बागमती प्रदेशका ८५ वटा वडा समावेश हुने छन् ।