-
पुस २९, सिन्धुली/‘हामी भयौँ बे–घरबार, मिटरब्याजी सुदरखोरलाई सरकार र अदालतले संरक्षण बन्द गर’। यही नारा अंकित ब्यानर बोकेर करिब एक सयजनाको समूह आज जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा भेटियो । यो समूह कुनै राजनीतिक दलका कार्यकर्ताको थिएन । कुनै राजनीतिक माग पनि थिएन, जुन माथिको नाराबाट नै प्रस्ट हुन्छ ।
उहाँहरु दुधौली नगरपालिका कमलाखोँचका मिटरब्याजी र लघुवित्त संस्थाबाट पीडित हुनुहुन्छ ।उहाँहरु न्यायको खोजीमा तीन दिन पैदल हिँडेर जिल्ला सदरमुकाम आइपुग्नुभएको हो । जसको नेतृत्व राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय सदस्य विजय थापाले गर्नुभएको थियो । पुस २७ गते कमलाखोँचबाट दबाब पदयात्रा सुरु गरेर यहाँ आइपुग्नुभएका पीडितहरुले आजै प्रमुख जिल्ला अधिकारी भरत खनाललाई ज्ञापनपत्र बुझाउनुभयो ।
कमलाखोँचका अधिकांश मिटरब्याजीहरुले दनुवार समुदायको घरजग्गा आफ्नो नाममा गरेको पीडितहरुको गुनासो छ । उहाँहरुले तमसुक व्यवस्था खारेज गर्नुपर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनुपर्ने, पीडितविरुद्ध लगाइएका झूठा मुद्दा खारेज गर्नुपर्ने, लघुवित्तलको ज्यादति अन्त्य गर्नुपर्ने, बैंक र वित्तीय संस्थाको अन्यायपूर्ण ब्याजदर हटाउनुपर्नेलगायतका मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
पीडितहरुले मिटरब्याजीबाट धेरै ऋण नलिए पनि झुक्याएर घरजग्गा नै आफ्नो नाममा पास गरेको पाइएको महाअभियानका केन्द्रीय सदस्य थापाले बताउनुभयो । “कमलाखोँचका दनुवार समुदायले मिटरब्याजीबाट धेरैमा तीन लाख ऋण लिनुभएको रहेछ । ऋण लिने समयमा उहाँहरुले मिटरब्याजीलाई केही समयपश्चात् फिर्ता गरिदिने मौखिक सहमतिमा आफ्नो घर जग्गा पास गरेर दिनुभएछ । महिना, महिनामा सहमतिअनुसार निश्चित ब्याज तिरिरहनुभएको थियो । ७–८ वर्ष पछाडि घर जग्गा फिर्ता गर्न साँवासहित लिएर जाँदा घर जग्गा नदिएको अधिकांशको गुनासो छ,’ उहाँले भन्नुभयो ।
जगाडिकी धनसरी अधिकारी दनुवारलाई मिटरब्याजीको ऋणले सुकुम्बासी बनाइदिएको छ । उहाँले २ वर्षअघि कमलामाई नगरपालिका वडा नम्बर १४ चन्दनपुरका विनोद गुप्तासँग ५ लाख रुपैयाँ ऋण लिनुभएको थियो । महिना–महिनामा ब्याज बुझाइरहनुभएको थियो । अहिले उहाँकी बुहारीले घरजग्गा फिर्ता गरिदिनू भन्दै गुप्तालाई साँवा बुझाउँदा ३० लाख रुपैयाँ पैसा दिएमात्रै घरजग्गा फिर्ता गरिदिन्छु भनेर धम्क्याएको धनसरीले गुनासो गर्नुभयो ।
धनसरी त उदाहरणमात्रै हुनुहुन्छ । त्यहाँका लगभग ३ सयभन्दा बढीले मौखिक रुपमा फिर्ता गरिदिने सहमतिमा आफ्नो घरजग्गा मिटरब्याजीलाई पास गरेर ऋण लिँदा अहिले सुकुम्बासी हुनुपरेको पीडितहरुले सुनाउनुभयो ।
मिटरब्याजीले दिएको दुःख खेपिरहेका सोही स्थानका स्थानीयलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि थप पीडा दिएको गुनासो छ । शर्मिला घिसिङले ८ वर्षअगाडि दुधौलीस्थित जीवन विकास लघुवित्तबाट ३ लाख रुपैयाँ ऋण लिनुभएको थियो । उहाँले आठ वर्षसम्म मासिक ११ हजार ५ सय रुपैयाँका दरले किस्ता तिर्नुभयो । गत असारमा उहाँको श्रीमानले विदेशबाट लघुवित्तको कार्यालयमै फोन गरेर हिसाब खोज्दा अझै २ लाख १५ हजार ७२० रुपैयाँ तिर्नुपर्ने जवाफ आएपछि किस्ता तिर्न नै बन्द गरेको शर्मिलाले सुनाउनुभयो ।
News Desk 0 response आइतवार, पुस २९, २०८०
आठ वर्षसम्म ३ लाखको तेब्बर तिरेर पनि अझै ऋण तिर्न बाँकी देखाउने लघुवित्तलाई कारबाही गर्नुपर्ने उहाँले माग गर्नुभयो । लघुवित्तले भनेबमोजिमको ऋण नतिरेको भन्दै सो स्थानका कसैको कानको सुन लुछेर लगिएको, घरको जस्ता झिकेर लगेको, बाख्रा वस्तु लगेको पीडितहरुको गुनासो छ । सम्बन्धित निकायले लघुवित्तको ज्यादति बन्द गनुपर्ने माग उहाँहरुले गर्नुभयो ।
कमलाखोँचका पीडितहरु प्रशासनमा दबाब दिन पहिलोपटक आइपुग्नुभएको हो । सरोकारवाला निकायले बेवास्ता गरे चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्ने चेतावनी पीडितहरुले दिनुभएको छ ।
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री उपाध्याय
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१