-
बा ! अझै लामो बात मार्नु छ तिमीसंग
धित कहिल्यै नमर्नेगरी
मुजा परेका हातका औँलाहरु समातेर
दूर–दूर सम्मको यात्रा गर्नुछ तिमीसंग
कहिल्यै नथाक्ने गरी
बा,
फेरी एउटा सिंगो चोला तिमी लिएर आउ
म तिम्रो पदचाप पछ्याइरहेको हुनेछु ।तिम्रो आशिर्वाद शिरमा राखेर
आमाको ममतालाई तक्दिर बनाएर
म घस्रिँदैथें हाँसो भेट्ने बहानामा
उज्यालो खोज्ने रहरमा
जसै तिमले परान छोड्यौ नी बा–
ठिक त्यहिबेला देखि
मेरो जीजीविषा खोट्टिँदै गयो
तिम्रो ओठमा मुस्कानका धर्सा सम्म देख्न पाइन
दुखिया तिम्रो आँसु संग
मेरो उहि आकारको, उहि स्वादको आँसु घोल्नु छ
बा,
फेरी एउटा सिंगो चोला तिमी लिएर आउ
म तिम्रो पदचाप पछ्याइरहेको हुनेछु ।मेरो ओठमा मुस्कान ल्याउन
आफ्ना ओठहरु हरप्रहर कलेटी पार्यौ
मेरा सपना बिपना बनाउन
आफ्ना हरेक सपनाहरुलाई तिलान्जली दियौ
मेरा आँखा त रसाउन दिएनौ
तर मध्यरातामा म ब्युँझदा
तिम्रो शिरानी हरेक रात किन भिज्थ्यो बा ?
हातका ठेला लुकाउन
हात झट्कालेर रिसाउँथ्यौ म संग
तर हरेक रात दिउरेमा तेल तताएर
सेकिरहने हात कसका थिए बा ?
ओठको मुस्कान, आँखाका सपना, मनको रहर
सबै–सबै मलाई सुम्पियौ
केवल दिलको उज्यालो मात्र राख्यौ आफूसंग
बा,
फेरी एउटा सिंगो चोला तिमी लिएर आउ
म तिम्रो पदचाप पछ्याइरहेको हुनेछु ।ध्रुवचन्द्र खड्का
News Desk 0 response बुधबार, भदौ ३, २०७७
सिन्धुली
[email protected]
सम्बन्धित शीर्षकहरु
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा शुभारम्भ घोषणा, सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम
सोमवार, बैशाख २४, २०८१ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गदैँ
आइतवार, बैशाख २३, २०८१-
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१
-
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१