• माघ ७, सिन्धुली/नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री शेरबहादुर तामाङ्ले नेकपा एमाले राष्ट्रिय राजनीतिको मियो भएकोले एमालेसंग मागे मात्र पद पाईने बताउनुभएको छ । प्रेस चौतारी सिन्धुलीले गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता तामाङ्ले कसैलाई पद चाहिएको छ भने बालकोटको बार्दलीमा गएर माग्न आग्रह समेत गर्नुभयो ।
    राष्ट्रपतिको निर्वाचन सरकार निर्माणमा भएका समझदारी अनुसार नै हुने बताउँदै नेता तामाङ्ले भन्नुभयो ‘यदी नेपाली काँग्रेसलाई राष्ट्रपति चाहिएको हो भने बा को वार्दलीमा गएर माग्नुपर्छ ।’ पूर्व मन्त्री तामाङले यो सरकार स्थीर सरकार भएकाले पाँच वर्षसम्म कसैले ढाल्न नसक्ने समेत जिकिर गर्नुभयो ।
    पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता तामाङ्ले बामपन्थि एकताको नाममा असफल भैसकेको नेकपाको पुनरावृत्ति हुन नसक्ने बरु नेकपा एमालेको नेतृत्वमा धु्रविकरण हुनसक्ने धारणा समेत राख्नुभएको छ । ‘एकपटक असफल भैसकेको नेकपा पुर्नगठन हुन सक्दैन । नेकपाको पुनरावृत्ति हुनु भनेको पतनको बाटोमा जानु हो’ वहाँले भन्नुभयो।
    पूर्व मन्त्री तामाङले गठबन्धनले संसदमा बहुमत ल्याउन नसकेपछि सरकार गठन हुन नसक्ने र ६ महिना भित्र मध्यवर्ती निर्वाचन हुने अवस्था आएकोले एमालेले सरकार बनाउन पहल गरेको वताउनु भयो । साथै वहाँले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारले उदाहरणिय कार्य गर्ने समेत स्पष्ट पार्नुभयो । प्रेस चौतारी सिन्धुलीका अध्यक्ष विनय दाहालको अध्यक्षतमा भएको कार्यक्रम सचिव रविन्द्र भट्टराईले सञ्चालन गर्नुभएको थियो ।