-
कात्तिक ३०, सिन्धुली/वाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा क्षेत्र नं. २ का साझा उम्मेदवार लेखनाथ दाहाल (राजन)ले अहिलेको नेकपा (एमाले) सँग वृद्ध भत्ता सँगको कुनै सम्बन्ध नरहेको वताउनुभयो ।
वाम–लोकतान्त्रिक गठवन्धन हरिहरपुरगढी गाउँपालिकाले झनझनेमा आयोजित वडा नं. २ र ३ को संयुक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उम्मेदवार दाहालले २०५१ सालमा मोहनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु भएको वृद्ध भत्ता सँग ओली एमालेको कुनै साहिनो सम्बन्ध नै नभएका वताउँदै वृद्ध भत्ता दिने पार्टी भन्दै जनतामा भ्रम छरेको भन्नुभयो ।उम्मेदवार दाहालले भन्नुभयो ‘मनमोहन अधिकारीको नेतृत्वको सरकारले सुरु गरेको वेला एमालेका महासचिव माधव नेपालको हुनुहुन्थ्यो । ओली नीति निर्माणको तहमा कुनै भुमिका थिएन, ओलीले सपनामा पनि सोचेका थिएनन् वृद्ध भत्ता दिनु पर्छ भन्ने अनि कसरी यसको जस ओली एमालेलाई जान्छ । जस जान्छ त माधव नेपाल र उहाँले नेतृत्व गरेको पार्टीलाई । ओली एमाले मात्र भ्रमको खेति गर्ने मात्र पार्टी हो, वृद्ध भत्ता हामीले दिएको हो भन्दै मत मागि हिडेको छ । यसमा उनको कुनै योगदान छैन । १०० रुपैयाँको वृद्ध भत्तालाई वढाएर पाँच सय हुँदै ४ हजार पु¥याउने माओावदीको सरकार आए पछि भएको हो र यसलाई सामाजिक सुरक्षा भत्ताका रुपमा एकल महिला, अपाङ्ग, लोपउन्मुख जस्ता भत्ताहरुको रुपमा विकास माओावदीको सरकारको पालामा भएको हो ।’
News Desk 0 response बुधबार, कार्तिक ३०, २०७९
ओली एमाले अहिले पुरानो एमाले नभएको वताउदै उम्मेदवार दाहालले कमल थापा, राप्रपा सहितको एमाले भएकोले जनताले भ्रममा पुरानो एमाले सम्झनु नहुने वताउनुभयो । कार्यक्रममा उम्मेदवार दाहालले ‘अहिलेको ओली एमाले भनेको कमल थापा सहितको एमाले हो, राप्रपा सहितको एमाले हो, पुरानो पञ्च, मण्डले सहितको एमाले हो त्यस कारण जनताको एमाले होईन, हिजोको कम्युनिष्ट एमाले छैन, त्यो प्रतिगामी हो, यथास्थितिवादी हो, जनवविरोधि हो, यो संविधान विरोधि हो, महिला, जनजाति विरोधि एमाले हो’ भन्नुभयो ।
कार्यक्रममा उम्मेदवार दाहालले हरिहरपुरगढी गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न शहरको रुपमा विकास गर्न गुरुयोजना वनाएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँल हरिहरपुरगढी गाउँपालिकालाई औध्योगिक क्षेत्रको रुपमा विकास गर्ने र हरिहरपुरगढी र जितपुरगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर मंसिर ४ पछि काम सुरु गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा उहाँले ‘यहाँ आधुनिक रंगशाला, आधुनिक वसपार्क, बस्ति बस्तिमा सडक पिज, वृहत्तर खानेपानी योजना जस्ता आधुनिक शहर निर्माणका पूर्वाधारहरु निर्माण गरी सबै नागरिकलाई आयआर्जनमा जोड्न औध्यागिक क्षेत्रको किवास, युरियामलको कार्खाना खोल्नको लागि संभाव्यता अध्ययन भई रहेको छ र कोखाजोर जलविद्युत आयोजना जस्ता ठूला योजनाहरुले यस क्षेत्रको मुहार फेरिन्छ, त्यो हामी गरेर देखाउने प्रतिवद्धता जनाउदछौं’ भन्नुभयो ।
सम्बन्धित शीर्षकहरु
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१