-
विर्खबहादुर वाइवा
६ असार, सिन्धुली र घ्याङ्लेख गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट निर्माण सम्बन्धि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनको अध्यक्षता तथा संघीय सांसद हरिबोल गजुरेलको प्रमुख आतिथ्यता त्यस्तै प्रदेश सांसद तथा बागमती प्रदेश सचेतक बुद्धिमान माझि(बसन्त),घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान लगायतको उपस्थतीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्नुहुदै संघीय सांसद हरिबोल गजुरेलले सिन्धुलीमाढि बाट घ्याङलेख गाउँपालीका सम्म जोड्ने सडकको लागी बजेट बिनियोजनका लागी पहल गर्ने बताउनु भयो ।
यस्तै, कार्यक्रममा बोल्नुहुदै प्रदेश सांसद तथा बागमती प्रदेश सचेतक बुद्धिमान माझि (वसन्त) ले जनप्रतिनिधि जनताको सासक नभई सेवक भएको बताउनुभयो । कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सुमधुर हुन जरुरी रहेको उहाँले प्रष्ट्याउनुभयो । सन्तुलित ढंगले बजेट विनियोजन भएको भन्दै सबैजना विकास निर्माणको काममा तादरुकताका साथ लागिदिन पनि उहाँले आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा शिक्षक, बुद्धिजीवी, कर्मचारी, पुर्व जनप्रतिनिधि, जनसमुदायहरुले शिक्षा, स्वास्थ्य, सन्चार तथा कृषिको विषयमा सल्लाह, सुझाव र गुनासो व्यक्त गरेका छन् । यस्तै, गाँउपालिकामा आएको बजेटको सहि सदुपयोग गर्न र आफुहरुले थालेको विकासका योजनाहरुको अनुगमन गर्न जनप्रतिनिधिहरुलाई स्थानीयले आग्रह गरेका छन् ।
स्थानीयले टेन्डर प्रणाली मार्फत गरिएको विकासका कुनै पनि काम गुणस्तर र पारदर्शी नभएको गुनासो गर्दै अबको दिनमा गरिने हरेका प्रणालीको काम गुणस्तर र पारदर्शी हुनुपर्ने र प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष भोलनले यो जिम्मेवारी, छलफल र विषय बस्तु अरुको लागि नभई आफ्नै लागि रहेको बताउनुभयो । सत्रुलाई ढाल्न रिसले होईन बुद्धि चाहिन्छ भन्दै सबै मिलेर छलफल गरेमा सबैलाई फाईदा पुग्ने बताउनुभयो । बिकासको मुल धारमा जादै गर्दा आफ्नो कमी कमजोरी औल्याइदिएकोमा स्थानीय लाई धन्यबाद व्यक्त गर्नुभयो ।
कृषि, शिक्षा, रोजगारी, बाटो, बत्ति लगाएतको कुरालाई प्राथमिकतामा लिएर गईरहदा कसरी जाने त भन्दा पनि विषेश ख्याल गर्नुपर्ने अध्यक्ष भोलनले बताउनुभयो । साथै उहाँले सबैभन्दा पहिला स्वास्थ्यको कुरालाई पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।
यस्तै, कार्यक्रममा बोल्नुहुदै घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले यसपालिको बजेटबाट ४० प्रतिशत गाँउपालिकाले व्यहोर्ने गरेर गाँउपालिकाको सुविधा सम्पन्न भवन निर्माण गरि जनतालाई सेवा दिने बताउनुभयो ।
साथै कुनैपनि वडाका जनप्रतिनिधि र वडाबासी जनताले भुगोलको आधारमा राजनिति नगर्न बरु गाँउपालिकामा सेवा लिन आउने बाटो सहज बनाउने तर्फ लागिपर्न आग्रह गर्नुभयो । एउटा परिवार भित्र समस्या आउनु स्वभाविक भएको र त्यसलाई बाहिर नल्याई समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।
सामाजिक संजालमा विभिन्न टिकाटिप्पनी भएको भन्दै समस्या भयो भन्दैमा सामाजिक संजालमा ल्याउनुभन्दा सम्बन्धित व्यक्ति समक्ष समस्या राख्न उपाध्यक्ष घलानले सबैलाई अनुरोध गर्नुभएको छ । काम गर्दै गर्दा गल्ति हुने भन्दै सच्चिने बाटो दिनुपर्ने पनि उपाध्यक्ष घलानको भनाई रहेको छ ।
News Desk 0 response सोमवार, असार ६, २०७९
सम्बन्धित शीर्षकहरु
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१