-
सिन्धुली/सुरक्षित वैदेशिक रोजगार सम्वन्धि पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम आइतबार सिन्धुलीमाडीमा सम्पन्न भएको छ । रिलिफ नेपालको आयोजनामा सुरक्षित आप्रवासन परियोजना(सामी) अन्तरगत वैदेशिक रोजगार सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारसंग सम्वन्धित विभिन्न विषयमा छलफल तथा प्रस्तुतिकरण समेत भएको थियो । नेपालमा वैदेशिक रोजगारको अवस्था, अवसर तथा चुनौति, सामी परियोजनाको परिचय तथा अपेक्षित उपलव्धिहरु, परियोजना अन्तरगतका समग्र प्रयास एवं मनोसामाजिक परामर्श लगायतका विषयमा सामी परियोजनाका प्रदेश संयोजक तरुणकान्त अधिकारीले प्रष्ट्याउनुभएको थियो । त्यस्तै कमलामाई नगरपालिका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझिले सुरक्षित वैदेशिक रोजगार सम्वन्धि नेपालको संविधान, स्थानीय सरकार सन्चालन ऐन २०७४ र वैदेशिक रोजगारसंग सम्वन्धित स्थानीय सरकारको प्राथमिकताका बारेमा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा सामी परियोजनाका जिल्ला संयोजक के.आर.विजयले कार्यक्रम सन्चालन संगै सिन्धुली जिल्लामा परियोजना अन्तरगतका कार्यक्रमहरुको वार्षिक उपलव्धिका बारेमा जानकारी गराउनुभएको थियो । अन्तरक्रियामा जिल्लाका ३० भन्दा बढि पत्रकार, सन्चारकर्मी लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकारको आर्थिक सहयोगमा रिलिफ नेपालले सिन्धुलीका चारवटा स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको छ । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिका गरि चारवटा स्थानीय तहमा परियोजना अन्तरगतका कार्यक्रमहरु सन्चालनमा छन् । त्यस्तै नेपालका ३९ वटा जिल्लाका जम्मा १५६ स्थानीय तहमा उक्त परियोजना सन्चालन भैरहेको छ
News Desk 0 response आइतवार, अशोज ३, २०७८
सम्बन्धित शीर्षकहरु
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९ सय ५० दाताहरुलाई सम्मान
सोमवार, बैशाख १७, २०८१-
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१
-
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१ -
सुनकोशीको फलासेघाँरी वनमा लागेको डढेलो बस्तिमा फैलियो,..
सोमवार, बैशाख १०, २०८१